Incident Reports

Tulsipur Market shut over businessman's abduction, release demanded

2017-06-12

Lumbini, Dang, Tulsipur

Democratic Industrialist Association Dang have shut down Tulsipur market on Monday over the abduction of businessmen including Raj Kumar Shrestha. Before shutting the market the businessmen carried out a symbolic protest rally in Dang. Kharel, the president of Democratic Industrialists Association Dang addressed the rally demanding safe release of Raj Kumar Shrestha. He also added that even after the 4th day of kidnapping, it is the recklessness of police that they are being unable to arrest the ones involved in it. More than 200 police have been searching for Shrestha. He has been contact less since Friday. They have already begun searching for Shrestha after tracking down his car in the dense forest. All the local places around the forest have already been sealed. D.S.P Khatri said that no progress has been made about the case. There have also been assumptions that Ratna Bahadur Gharti, another business alongside a woman have also been kidnapped. प्रजातान्त्रिक उद्योग व्यवसायी संघ दाङ तुलसीपुरले व्यापारी अपहरणको विरोधका सोमवार विहान तुलसीपुर बजार बन्द गराएको छ । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठसहित तीन जना व्यक्ति अपहरणमा परेको आशंका भइरहँदा त्यसैको विरोधमा संघले विहानै देखि तुलसीपुरको बजार बन्द गराएको छ । वन्द अघि तुलसीपुरमा व्यापारीहरुले मौन विरोध र्याली निकालेका थिए । तुलसीपुरको बीपी चोकवाट सुरु भएको मौन विरोध र्यालीले बजारको विभिन्न परिकर्मापछि फेरि वीपी चोकमा पुगेर कोणसभामा परिनत भएको थियो । Janak कोणसभालाई सम्वोधन गर्दै प्रजातान्त्रिक उद्योग व्यवसायी संघका अध्यक्ष जनक खरालले प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाईको माग गरे । अवको दुईदिन भित्र श्रेष्ठको सकुशल रिहाई वा सत्य तथ्य सार्वजनिक नगरे थप आन्दोलनका कार्यक्रम गर्न संघ वाध्य हुने उनले चेतावनी दिएका थिए । ‘व्यापारी श्रेष्ठसहित तीन जना व्यक्ति अपहरणमा परेको चार दिन वित्दा समेत उहाँको अवस्था पत्ता लगाउन नसक्नु प्रहरी प्रशासनको कमजोरी हो ।’ अध्यक्ष खरालले थपे ‘ स्वतन्त्र रुपमा व्यापार गर्न पाउनु , हिड्डुल गर्न पाउनु कुनैपनि व्यक्तिका नैसर्गिक अधिकार हुन र व्यक्ति बाँच्न पाउने अधिकार खोस्ने अधिकार कसैलाई दिनुहुन्न।’ क्रमबद्ध रुपमा तुलसीपुर क्षेत्रका व्यापारीको अपहरण र हत्याका घटना दोहिरनुले व्यापारीदेखि सर्ववसाधराण त्रसिद बनेको अध्यक्ष खरालले बताए । श्रेष्ठको खोजिमा दुईसय बढी प्रहरी परिचालन यसैबीच प्रहरीले शुत्रवारदेखि सम्पर्क विहिन रहेकका तुलसीपुरका श्रेष्ठको खोजिमा दुई सय वढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठको कार भेटिएको घना जंगल क्षेत्र सल्यानको सिनवाङ र रिम क्षेत्रलाई लक्षित गरि सर्च अभियान सञ्चालन गरिएको छ । तर हालसम्म कुनै प्रगती हुन नसकेको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । दाङ, सल्यान र रोल्पाका गरि दुई सय वढी प्रहरी श्रेष्ठको खोजीमा खटिरहेका भएपनि उक्त क्षेत्रमा ठूला ओडार , गुफा र घना जंगल भएकोले खोजि कार्य चुनौति पूर्ण रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख एवं डिएसपी श्यामबहादुर खत्रीले बताए । तीनै जिल्लाका स्थानीय नाकाहरु सिल गरेर सर्च अभियान जारी राखेको भएपनि हालसम्म कुनै प्रगती नभएको डिएसपी खत्रीले बताए । उनले सूचना दिएर प्रहरीलाई सहयोग गर्न आम सर्वसाधारण नागरिकमा अपलि समेत जारी गरेका छन् । व्यापारी श्रेष्ठले प्रयोग गर्दै आएको वा ११ च १०७१ नम्बरको निजी कार भने अझैंपनि सल्यानको कपुरकोट गाउंपालिका सिनवाङ्ग र रिमको बीच जंगलमा पर्ने शितल वजारमा छ । अपहरणकारीले श्रेष्ठको कार लक गरेर चाँबी आँफै संग लगेको हुँदा त्यो कार ल्याउन नसकिएको सल्यानका डिएसपी खत्रीले जानकारी दिए । तर भारतीय नम्बर प्लेटको अर्काे गाडी भने लखनउवाट अर्काै चाँबी झिकाएर प्रहरीले राखेको छ । श्रेष्ठको कारको सुरक्षामा प्रहरीले चारदिनदेखि बीच जंगलमै पहरा दिँदै आएको छ । चारदिन देखि सम्पर्कविहिन रहेका व्यापारी श्रेष्ठलाई हतियार धारी समुहले अपहरण गरेको आशंका गरिएको भएपनि एकीनका साथ भन्न सक्ने गरि प्रमाण फेला नपरेको प्रहरी बताउँछ । शुक्रबार साँझ तुलसीपुरमा नै रहेका श्रेष्ठ राती साढे ९ बजेदेखि सम्पर्क विहिन भएको प्रहरीले बताएको छ । श्रेष्ठ संगै दाङ घोराहीका अर्का व्यवसायी रनबहादुर घर्ती र अर्की एकजना महिलापनि अपहरणमा परेको आशंका गरिएको छ । अपहरणमा परेकी महिलाको परिचय भने हालसम्म गोप्य नै राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments