Incident Reports

Kin of poll-clash victim stage mute rally

2017-06-11

Family members of the victim of the Jungu incident today staged a silent rally in Dolakha headquarters Charikot saying that the district court has done injustice to them. Family members of Kul Bahadur Tamang, who was killed in a clash between cadres of the CPN-MC and CPN-UML on June 8 before the first phase polls, accused the district court of doing injustice to them. Tamang, son of ward member candidate Gore Tamang from the CPN-UML, was killed in the clash. Police had arrested nine persons suspecting their involvement in the Jungu incident. The family members of the deceased staged a silent rally after the nine who were arrested were freed on general date three days ago. Gore has demanded punishment saying that his son’s killing was a political vendetta. He has filed an FIR against 38 persons, including the CPN-Maoist Centre leader and former state Minister Devi Khadka at the police office. Gore said the decision of the single bench comprising Lalkaji Shrestha releasing the people involved in the murder had saddened him. He said the court order had killed justice and cultivated the environment for impunity. The government has already declared Tamang a martyr. स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा वैशाख २६ गते दोखलामा मारिएका कुलबहादुर तामाङ्का हत्यारालाई अदालतले रिहाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) र १३ (४) को दावीसहित अभियोग पत्र दायर गरेको र जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अपराधमा संलग्न अभियुक्तलाई तारेखमा छाड्ने आदेश गरेको विषयलाई लिएरपीडित परिवार आक्रोसित मात्रै नभएर मर्माहत बनेको हो। कुलबहादुर तामाङका बाबु गोरे तामाङले जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तलाई साधारण तारेखमा छाड्ने आदेश गरेकोमा अत्यन्तै मर्माहत भएको गुनासो पोखे। उनले भने, ‘छोराको वैशाख २६ गते राति क्रुरतापूर्वक हत्या भयो, हामै्र गाउँको निलकण्ठेश्वर उच्च माविको चउरमा उसलाई जुँुगुकै देवी खडका, विशाल खड्कासहित आएका माओवादी कार्यकर्ताले होटलमा खाना खान बसिरहेको बेला चारैतिरबाट घेरा हाली भाला रोपेर हत्या गरे, यतिवेला हामीले न्यायको बाटो हेरेर बसेको बेला अदालतले यस्तो निर्णय किन गर्यो ? हामी यस आदेशबाट झनै अन्यायमा परेका छौँ।’ त्यस्तै मृतक तामाङकी श्रीमती साङमाया तामाङले आफ्नो जीवन अधुरो भएको बताइन्। उनले भनिन्,‘मेरो जीवन अधुरो भएको छ, यी सन्तानको भविष्य झनै अध्यारो भयो, उहाँलाई अपराधीहरूले सुरुमा भाला रोपे, त्यसपछि मुखमा इँटा कोचेर मारे, उहाँको हत्याबाट मर्माहत बनेर न्यायका लागि कुरेर बसेका हामी परिवार जिल्ला अदालत दोलखाको आदेशबाट थप मर्माहत बनेका छौं, दुखी छौँ, त्यो आदेशले मेरो श्रीमान मात्रै मारेको होइन, सिंगै न्यायकै हत्या भएको अनुभूति गरिरहेका छौं।’ उनले भक्कानिदै अघि थपिन, ‘क्रुरता पूर्वक हत्यामा संलग्नलाई आजीवन कारावास सजाए हुनुपर्छ, यस घटनामा सामेल जो सुकै कानुनको कठघारामा उभिनुपर्छ, न्यायलयले साधारण तारेकमा अपराधिलाई छाडेको छ, यसले हामीलाई झन् आतंकित र भयभित तुल्याएको छ, अब तत्काल न्यायलयले यो निर्णय सुधारेर दोसिलाई कडा कार्वाही गनुपर्छ, जिल्ला अदालत र अदालका न्यायाधीश कुनै प्रलोभनमा परेर हो या कसैको दवाफमा परेर यस्तो गर्नु भयो यो निर्णयले हाम्रो पीडामा थप प्रहार गरेको छ।’ कार्यक्रममा मृतका छोरी संगीता तामाङ, छोरा अशोक तामाङ, भाइहरूकर्ण र जीवन तामाङले हत्यामा संलग्न जो कोहीलाई कडा कार्वाही गर्नुपर्ने माग गरेका छन्। पीडितको अपिल जस्ताको तस्तै आदरणीय पत्रकार ज्यूहरु गत वैशाख ३१ गते स्थानीय तहको चुनावले सबैमा खुसी ल्याउँदा हाम्रो परिवारमा भने ठुलै वज्रपात भयो। वैशाख २६ गते राती हाम्रा छोरा, श्रीमान, बुवा, दाजु कुलबहादुर तामाङ्गको क्रुरतापुर्वक हत्या भयो। हामै्र गाउँको निलकण्ठेश्वर उच्च माबिको चउरमाउहाँँलाई जुँुगुकै देवी खडका, बिशाल खडकासहित आएका माओवादी कार्यकर्ताले होटलमा खाना खान बसिरहेको बेला चारैतिरबाट घेरा हाली भाला रोपेर हत्या गरे। भाला हानेपछि उहाँको मुखमा इटा कोचेर मारियो। उहाँको हत्याबाट मर्माहत बनेका र न्यायका लागि कुरेर बसेकाहामी परिवारका सदस्य जिल्ला अदालत दोलखाको आदेशबाट थप मर्माहत बनेका छौं। त्यो आदेशले माओवादीबाट मारिएका हाम्रा सदस्य कुलबहादुरको मात्रै होइन, सिंगै न्यायकै हत्या भएको अनुभुति पनि गरिरहेका छौं। उक्त घटनाका नेकपा माओवादी केन्द्र्रकी नेतृ देवी खड्काको नेतृत्वमा स्थानीय बसन्त कार्कीको घरमा बैठक वसी योजनाबद्ध रुपमा खाजा खाईरहेको स्थानमा राजनितिक प्रतिशोध साँध्ने भन्दै आक्रमण गरी हत्या गरेको विषयमा विपक्षीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएकोमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मध्येका एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ्ग, गोपाल तामाङ्ग, निलम जिरेल, प्रेम वहादुर तामाङ्ग लगायतका ९ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा हत्यामा निजहरुको संलग्नता रहेको पुष्टि गरी जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुलुकी ऐन ज्यान सम्वन्धि महलको १३ (३) र १३ (४) को दावीसहित अभियोग पत्र दायर गरेको थियो। तर जिल्ला अदालत दोलखाका माननीय न्यायाधीश लालकाजी श्रेष्ठज्यूको ईजलासले कर्तव्य ज्यान जस्तो जधन्य अपराधमा संलग्न अभियुक्तहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले हामी अत्यन्तै मर्माहत बनेका छौं। त्यो आदेशपछि हामी मरेतुल्य बनेका छौं। साह्रै विचलित पनि भएका छौं। यस मुद्दाका अभियुक्तहरुले अनुसन्धानको क्रममा “देवी खड्काका्े नेतृत्वमा बसन्त कार्कीको घरमा बैठक वसेर बैठकको निर्णय अनुसार देवी खड्काले दिएको आदेश अनुसार रेशम डाँडामा वसेका एमालेका कार्यकर्ताहरुलाई सबक सिकाउने भन्दै हातमा लाठी, खुकुरी, फलामे रड, तरवार, विश्वास कार्कीको साथमा भएको पेस्तोल समेत लिई मृतक कुलबहादुर तमाङ्ग समेत वसेको स्थानमा आक्रमण गर्न गई आक्रमण गरेका हौं सोही आक्रमणमा कुलवहादुर तामाङ्गको मृत्यु भएको हो’ भनी आप्mनो संलग्नता स्विकार गरेका थिए। तर तिनै अभियुक्तलाई साधारण तारेखमा छाडने सम्मानित अदालतको आदेश देख्दा न्यायकै हत्या भएको र न्यायको लागि हामी जस्ता पीडितहरुले सम्मानित अदालतको भरोशामा रहने दिन सकिएको हो कि भन्ने महसुस गरेका छौं। गाउँमा बस्ने सोझा सिधा तामाङहरुले जे गर्दा पनि चुपचाप अन्याय सहेर बस्छन भन्ने अनुभुति सम्मानित अदालतको आदेशमा झल्किएको महसुस हामीले गरेका छौं। यस्तो आदेशले अपराधनियन्त्रण नभई अपराधीलाई नै सहयोग गर्ने र हामी जस्ता न्यायका पुजारी पीडामाथि पीडा थप्दै बस्नु पर्ने डरलाग्दो अवस्था सिर्जना गर्ने बुझाई पनि तपाईहरु मार्फत राख्न चाहन्छौं। पत्रकार ज्यूहरु, नेपाली नागरिकका हैसियतले कानुनको पालना गर्नु हाम्रो कर्तव्य र दायित्व हो। तर हामी जस्ता असहायले मात्रै न्यायका लागि लडनु पर्ने र कानूनको पालना गर्नुपर्ने हो ? कि सवैले कानूनको पालना गर्नुपर्छ ? के न्यायाधीशको परिवारमा यस्तो जघन्य हत्या भएको भए यस्तै आदेश आउथ्यो ? यस्तो आदेशले हामी परिवारका सदस्यमाथि कस्तो बज्रपात भयो होला ? कल्पना पनि गर्न सक्नु हुन्न। हामी न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुन्छ भन्नेमा विश्वस्थ थियौं र छौं। तर उक्त मुद्दामा माननीय न्यायाधीशज्यूले मुद्दा हेर्दै नहेरी आफूखुसी पीडितलाई नै पीडा दिँदै पीडकको पक्षमा आदेश दिने काम भएको छ। ज्यान मुद्दाको सम्वेदनसिलता नै नबुझी सवै अभियुक्तलाई साधरण तारेखमा छाडन आदेश दिइएको छ। यस्तो आदेशले हामी जस्ता असहाय पीडित परिवार हर क्षण, हरपल मरिरहेको छौं। न्यायपालिकाको गरिमा र विश्वासलाई जोगाउने काम हाम्रो मात्रैहोइन,स्वयम अदालतका माननीय न्यायाधीश ज्यूहरुको पनि हो। माननीय न्यायाधीश ज्यूहरुले गर्ने आदेश र फैसलाले पनि न्यायपालिकाको गरिमा र विश्वासलाई जोगाउनु पर्छ। तर घटनाका प्रत्यक्ष साँक्षीको जाहेरीले नेपाल सरकार वादी र देवी खड्का समेत प्रतिवादि भएको कर्तव्य ज्यान मुद्दामा भएको थुनछेकको आदेश न्याय र न्यायालयकै बिरुद्धमा आएको छ। पीडितको पक्षमा न्यायालय छैन, ज्यान मार्नेहरुकै पक्षमा छ भन्ने जस्तो अत्यन्तै गलत सन्देशपनि त्यो आदेशले दिएको छ। यो आदेशबाट हामी निकै मर्माहत भएका छौं। यही कारण हामी न्याय माग्दै काठमाडौं आएका छौं। यो आदेशले माओवादीबाट हत्या भएका कुलबहादुर तामाङको मात्रै अपमान भएको छैन, न्यायको पक्षधर र न्यायालयकै अपमान भएको छ भन्ने अनुभुति गरी सच्याउनका लागि दवाव दिँदै तपाई पत्रकार ज्यूहरुको शरणमा परेका छौं। हाम्रा परिवारको सदस्यलाई लडाएर भालाले घोची घोची मारेको देख्ने हामीहरु हत्यामा कुनै मान्छे नै संलग्न थिएनन कि भन्ने गरी सवै अपराधीलाई छाडेपछि यो भन्दा अर्काे उपाय सोच्न सकिरहेका छैनौं। अन्यायमा परेका पीडितलाई तपाई पत्रकारहरुले सधै न्याय दिँदै आउनु भएको छ, न्यायको लडाईमा साथ दिनुभएको छ। जुँगुमा भएको त्यो हत्याकाण्डमा पनि तपाईहरुबाट न्याय पाउने अपेक्षा हामीले गरेका छौं। यही कारण तपाईहरु माझ आइपुगेका हौं। माओवादीले कुलबहादुरको हत्यापछि हामी परिवारका सदस्यलाई गाउँ छाडन धम्की दिइरहेका छन। जसबाट हामी छोरा, छोरीहरु स्कूल जान सकेका छैनौं। धम्कीकै कारण हाम्रो पढाई छुटेको छ। अदालतबाट आएको आदेशले हामी आफै अपराधमासंलग्न होस र आपराधिक गतिविधि सन्चालन गरोस भन्नेतर्फ प्र्रोत्साहित गरेको छ। तर हामी न्यायका लागि अन्तिमसम्म लडिरहन्छौं। जिल्ला अदालतको त्यो आदेश विरुद्ध हामी न्यायका सम्भाव्य ढोकाहरु ढक्ढक्याउने सवै कानुनी बाटो अबलम्बनगर्न बाध्य भएका छौ। यो अपिल सार्वजनिक गर्नुको उदेश्य पनि सम्मानित अदालतको गरिमा र विश्वासलाई टुटाउने र अपहेलाना गर्ने उदेश्य होईन। सम्मानित अदालतले न्याय निरुपणको शिलशिलामा स्वतन्त्र भई निश्पक्ष न्याय सम्पादन गरोस। पारदर्शिता अपनाओस, दोषीलाई कार्वाही होस,पीडितले न्याय पाओस, व्यक्तिको पहुँच, प्रभाव र दवाबका आधारमा न्याय नबेचियोस भन्ने हाम्रो अपिल हो। अभियुक्तहरुले घटनामा संलग्नता स्विकार गर्दा गर्दै पनि अनुचित प्रभावमा परेर वा सोझा सिधा तामाङ परिवारले केही गर्न सक्दैन, बोल्दैन भनेर आएको अदालतको आदेशले हामी साह्रै अन्यायमा परेको हुँदा न्यायको खोजीमा यो सार्वजनिक अपिल गरेका छौं। साथै हाम्रा आदरणीय बुवा, छोरा, श्रीमान कुलबहादुर तामाङको हत्यामा संलग्न रहेका ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याउने काम नभए हामी आफै समातेर प्रहरीमा बुझाउन बाध्य हुने जानकारी पनि तपाईहरु मार्फत गराउन चाहन्छौं।हामीले सरकार र प्रहरी प्रशासनको ध्यानाकर्षण गराउन हत्यामा संलग्न रही फरार रहेका ब्यक्तिलाई आफै समातेर बुझाउने कामको थालनी गर्नुपरेको छ। यो हाम्रो न्यायको लडाइकै निरन्तरता हो। अन्तमा हामी न्यायका लागि आएका हौं, न्याय नपाई घर फर्कदैनौं। हाम्रो न्याय प्राप्तीको यस काममा सञ्चार क्षेत्र, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी संघ संस्था लगायत सवैलाई सहयोग गर्न बिशेष आग्रह गर्न चाहन्छौं। सरकार, अदालत सवैतिरबाट यसैगरी अन्याय हुन्छ र अपराधीहरुलाई नै साथ दिइन्छ भने हाम्रो सिंगै परिवार काठमाडौंको सडकमै आत्मदाह गर्नबाध्य हुने जानकारी तपाईहरु मार्फत जानकारी गराउन चाहन्छौं। न्याय दिने कि हाम्रो परिवारलाई आत्मदाह गर्न बाध्य बनाउने ? एउटा निमुखा र निर्दाेष हामी तामाङ परिवारलाई साथ दिने कि प्रभाव, पहुँच र दवावको आधारमा न्याय मार्ने भन्ने बिषयमा तपाईहरु सवैले गम्भीरुतापुर्वक सोचि दिन पनि निवेदन गर्दछौं। गोरे तामाङ, बुवा साङमाया तामाङ, श्रीमती संगिता तामाङ, छोरी अशोक तामाङ, छोरा कर्णबहादुर तामाङ, भाई जीवन तामाङ, भाई गौरीशंकर गाउँपालिका–१ दोलखा
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments