Incident Reports

Online Khabar: Student padlocked Mid-western University

2017-06-12

Bagmati, Kathmandu, Kathmandu

The Nepal Students Union (NSU) enraged with the Mid-Western University (MU) on Monday have padlocked the Mid-Western University. The seven students' unions including the NSU have launched an agitation, demanding the reform in the University education. The agitated student said that the padlocking was also for mounting pressure on the University to address their demands and they were determined to going with the agitation until their voices were addressed. मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै स्ववियुसहित विभिन्न ७ विद्यार्थी संगठनले सोमबार विश्वविद्यालयमा तालावन्दी गरेका हुन् । शैक्षिक सुधारको माग गर्दै यस अघि २४ घण्टे अल्टिमेटम दिएका विद्यार्थी संगठनले बार्ताका नाममा आफूहरुलाई क्याम्पस प्रशासनले धोका दिएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । विश्वविद्यालयसंगको बार्ता विनानिष्कर्ष सकिएपछि विद्यार्थीहरुले आन्दोलनको पहिलो दिन सोमबार उप-कुलपतिको कार्यालय सहित सबै कार्यालयहरुमा तालाबन्दी गरेका छन् । साथै क्यापसका यातायातका साधन सञ्चालनमा रोक लगाइएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले जानकारी दिए । विद्यार्थीहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अनुसार मंगलबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गर्ने, बुधबार सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, असार १ गते विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने बताइएको छ । यस्तै असार २ गते विश्वविद्यालयको केन्द्रीय क्याम्पस हाताभित्र विरोध र भण्डाफोर कार्यक्रम गर्ने तथा २ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीहरुले विश्वविद्यालयलाई व्यवस्थित साझा शैक्षिक संस्थाको रुपमा स्थापित गरी आंगिक रुपमा सम्बन्धन दिने भनिएका क्याम्पसहरुमा सम्बन्धन दिई संचालनमा ल्याउन माग गरेका छन् । विज्ञप्तिमा स्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, अखिल (छैठौँ), नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनका प्रतिनिधिले हस्ताक्षर गरेका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments