Road Division Office Charikot has been locked by the owner of the construction business officers as they were circled by the labors.
They weren’t given salary despite completing their work on time. Due to this, labor has given pressure to the construction officers as a result of which they padlocked the Road Division office.
Secretary Rajesh Thapa of Construction Business Association of Dolakha said that even after months of finishing the work, labor didn’t get their salary. Chief Engineer of Road Division, Mr. Ashok Tiwari didn’t concern about this issue due to which, the problem arose.
'Ministry of Finance has not been able to release the fund due to which, the Road Division was unable to pay the construction officers', said Chief Engineer Tiwari.
Work of around NRS 60 crores has already been completed in the district, however, the business man haven’t received any settlement.
मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन्।
निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि मजदुरले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । मजदुरले निर्माण व्यवसायीलाई दबाब दिएपछि उनीहरुले सडक कार्यालयमा तालाबन्दी गरेका हुन्।
काम सम्पन्न गरेको महिनौँ बितिसक्दासमेत डिभिजन सडक कार्यालयले रकम नदिएपछि मजदुरबाट आफूहरु घेराबन्दी परेका निर्माण व्यवसायी सङ्घ दोलखाका सचिव राजेश थापाले बताए। उनले सडक कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले कुनै वास्ता नगर्दा समस्या उत्पन्न भएको बताए।
डिभिजन सडक कार्यालयका प्रमुख तिवारी विभागबाट रकम नआएका कारण समस्या भएको बताउँछन्। विभागले अर्थमन्त्रालयले रकम निकासा नगरेकाले रकम पठाउन असमर्थ रहेको जनाउँदै आएको तिवारीको भनाइ छ । जिल्लामा ६० करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्पन्न भएपनि व्यवसायीले भुक्तानी पाउन सकेका छैनन् । रासस