Rasthriya Janata Party organized a mass assemply at Katariya Rural Municipality on June 7 as a part of their ongoing non-violent protest program. They have been protesting in order to pressurize the government to address their demands and make conducive environment for them to participate in the election. During the program,the members said that in case their demands are not timely addressed, they would come out more strong protest programs. The program saw as much as 1000 people participating.
केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार आज राष्ट्रिय जनता पार्टी रौतहतले विरोध सभा गरेका छन्। राजपा नेतृत्वको संघिय गठबन्धनले अगाडी सारेको जनताको मागहरु सम्बोधन गरी निर्वाचनको उपयुक्त वातावरण बनाइ निर्वाचनको कार्यक्रम अगाडी बढाउनु पर्ने अडानका साथ राजपाले घोषणा गरेको शान्तिपूर्ण अन्दोलनका कार्यक्रम अनुसार बुधबार रौतहट कटहरिया गाउँपालिकामा विशाल विरोध सभाको आयोजना गरेको हो । घोषणा गरिएको आन्दोलनको अवधि भित्र सरकारले संविधान संशोधन, मुद्धा फिर्ता र जनसंख्याको अधर्म स्थैया तहको संख्या बढाएर चुनावमा जाने वातावरण नबनाए अझै सशक्त रुपमा आन्दोलन गर्ने नेताहरुले बताएका छन् । कार्यक्रममा हजारौको संख्यामा स्थानीयहरु सहभागी भएका थिए ।