Incident Reports

Annapurna: Youths of Naya Shakti Party smear black soot on Transport employees

2017-07-05

Madhes, Dhanusha, Janakpur

Youths of Naya Shakti Party attempted to smear black soot on an employee, Jeevan Kumar Basnet, of Janakpur Transport Office on Wednesday. They accused him of doing corruption and transforming the transport office to Bardibas from the recent place. जनकपुर अञ्चल यातायात कार्यालयका कर्मचारीहरुमाथि नयाँ शक्ति पार्टीका युवाहरुद्धारा दुव्र्यवहार गरिएको छ । युवाहरुले कार्यालयमा कार्यरत एक कर्मचारीलाई कालोमसो दल्ने प्रयास समेत गरेका छन् । नयाँ शक्तिका युवाहरुले कार्यालयमा कार्यरत समयमा नायब सुब्बा जीवनकुमार बस्नेतमाथि बुधबार कालोमसो दलेर दुव्र्यवहार गरेका हुन् । यातायात कार्यालय जनकपुरबाट बर्दिबास लग्ने तयारी भईरहेको आरोप लगाउंदै युवाहरुले कार्यालयमा भ्रष्टाचार भईरहेको भनि नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका थिए। आफूहरुले कर्मचारीमाथि कालोमसो दलेको कुरा नयाँ शक्ति पार्टीका जनकपुर नगर संयोजक राकेश विक्रम साहले स्वीकारेका छन् । कार्यालय जनकपुर बाहिर लगिने केही व्यक्तिहरुको अफवाहपछि यस्तो घटना घटाईएको हो । कार्यालय जनकपुर बाहिर सारिने कुरामा कुनै सत्यता नरहेको प्रमुख बालकृष्ण हुमागाईले बताउनुभएको छ। उहाँले केही व्यक्तिले निजी स्वार्थको कारण सुनियोजित रुपमा कर्मचारीमाथि कालोमोसो दलेर दुव्र्यवहार गरेको र यस्ता व्यक्तिलाई कडा कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह समेत गरिएको बताउनुभयो। धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न खोजी भईरहेको बताउनुभएको छ। हालको कार्यालयमा ठाउँ अभावको कारण आगामी श्रावण १ गतेबाट स्र्माट लाईसेन्स वितरण गर्न समस्या हुने भएकाले जनकपुर उपमहानगरपालिका १४ मुजेलिया वडा प्रहरी कार्यालय नजिक दीपककुमार मिश्रको घर भाडामा लिई सार्न तरखरमा रहेको प्रमुख हुमागाईले जानकारी दिनुभयो । कार्यालयले जनकपुर १४ स्थित याज्ञबलक्य उच्चमावि ज्ञानकुपको प्रांगणमा २० वर्षका लागि जग्गा भाडामा लिई ८० लाखको लागतमा ट्रायलसेन्टर निर्माण गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘जनकपुरमा ह्यावी लाईसेन्स प्रदान गर्न ८० लाखको लागतमा ट्रायल सेन्टर निर्माण गर्दैछौं र जनतालाई सहज सेवाप्रदान गर्न कार्यालय फराकिलो स्थानमा सार्न लागेका हौं ।’ विगतदेखि रेडक्रसको भाडाको भवनमा कार्यालय सञ्चालन गरिदैं आईएपनि सो भवन जिर्ण अवस्थामा पुग्दा मर्मत सम्भार समेत नभएकाले अर्को उपयुक्त भाडाको भवनमा यातायात व्यवस्था विभागको निर्देशनमा कार्यालय सार्न लागिएको प्रमुख हुमागाईको भनाई रहेको छ । तर, यस विषयलाई भ्रामक प्रचारबाजी गरेर केही युवाहरुले उदण्ड क्रियाकलाप गरेको भन्दै उहाँले यस्ता व्यक्तिहरुलाई कार्वाही हुनुपर्ने मांग गर्नु भएको छ । जनकपुर अञ्चल यातायात कार्यालयका कर्मचारीहरुमाथि नयाँ शक्ति पार्टीका युवाहरुद्धारा दुव्र्यवहार गरिएको छ । युवाहरुले कार्यालयमा कार्यरत एक कर्मचारीलाई कालोमसो दल्ने प्रयास समेत गरेका छन् । नयाँ शक्तिका युवाहरुले कार्यालयमा कार्यरत समयमा नायब सुब्बा जीवनकुमार बस्नेतमाथि बुधबार कालोमसो दलेर दुव्र्यवहार गरेका हुन् । यातायात कार्यालय जनकपुरबाट बर्दिबास लग्ने तयारी भईरहेको आरोप लगाउंदै युवाहरुले कार्यालयमा भ्रष्टाचार भईरहेको भनि नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका थिए। आफूहरुले कर्मचारीमाथि कालोमसो दलेको कुरा नयाँ शक्ति पार्टीका जनकपुर नगर संयोजक राकेश विक्रम साहले स्वीकारेका छन् । कार्यालय जनकपुर बाहिर लगिने केही व्यक्तिहरुको अफवाहपछि यस्तो घटना घटाईएको हो । कार्यालय जनकपुर बाहिर सारिने कुरामा कुनै सत्यता नरहेको प्रमुख बालकृष्ण हुमागाईले बताउनुभएको छ। उहाँले केही व्यक्तिले निजी स्वार्थको कारण सुनियोजित रुपमा कर्मचारीमाथि कालोमोसो दलेर दुव्र्यवहार गरेको र यस्ता व्यक्तिलाई कडा कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह समेत गरिएको बताउनुभयो। धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न खोजी भईरहेको बताउनुभएको छ। हालको कार्यालयमा ठाउँ अभावको कारण आगामी श्रावण १ गतेबाट स्र्माट लाईसेन्स वितरण गर्न समस्या हुने भएकाले जनकपुर उपमहानगरपालिका १४ मुजेलिया वडा प्रहरी कार्यालय नजिक दीपककुमार मिश्रको घर भाडामा लिई सार्न तरखरमा रहेको प्रमुख हुमागाईले जानकारी दिनुभयो । कार्यालयले जनकपुर १४ स्थित याज्ञबलक्य उच्चमावि ज्ञानकुपको प्रांगणमा २० वर्षका लागि जग्गा भाडामा लिई ८० लाखको लागतमा ट्रायलसेन्टर निर्माण गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘जनकपुरमा ह्यावी लाईसेन्स प्रदान गर्न ८० लाखको लागतमा ट्रायल सेन्टर निर्माण गर्दैछौं र जनतालाई सहज सेवाप्रदान गर्न कार्यालय फराकिलो स्थानमा सार्न लागेका हौं ।’ विगतदेखि रेडक्रसको भाडाको भवनमा कार्यालय सञ्चालन गरिदैं आईएपनि सो भवन जिर्ण अवस्थामा पुग्दा मर्मत सम्भार समेत नभएकाले अर्को उपयुक्त भाडाको भवनमा यातायात व्यवस्था विभागको निर्देशनमा कार्यालय सार्न लागिएको प्रमुख हुमागाईको भनाई रहेको छ । तर, यस विषयलाई भ्रामक प्रचारबाजी गरेर केही युवाहरुले उदण्ड क्रियाकलाप गरेको भन्दै उहाँले यस्ता व्यक्तिहरुलाई कार्वाही हुनुपर्ने मांग गर्नु भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Secondary Form Other forms of non-violent protest
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi

0 Comments