Incident Reports

Misbehavior by cadres of Communist Party of Nepal

2017-07-06

The cadres of Nepal Communist Party have misbehaved 35 years old assistant engineer Chita Ram Khadka of District Coordination Committee of Rukum on charge of taking bribe. He was smeared with black soot after he was found of taking bribe according to party District secretary Chandra Buda. However DSP Angur GC said that no information on misbehavior has been reported in District Police Office yet. जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२ गते सदरमुकाम खलङ्गास्थित मयूर होटलमा अमानवीय व्यवहार गरेका छन् । त्रिवेणी गाउँपालिकाको सडक निर्माण उपभोक्ता समितिबाट घुस लिन लागेको फेला परेकोले मोसो दलेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी चन्द्र बुढाले बताए । उपभोक्ता समितिबाट सव-इञ्जिनियर खड्काले बुझेको ८० हजार रूपियाँ नगदसमेत आफूहरूको कब्जामा रहेको उनले दावी गरे । उक्त रकम जिल्ला प्रशासन कार्यालयको रोहवर सम्बन्धित निर्माण उपभोक्ता समितिलाई फिर्ता गर्ने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी बुढाले जानकारी दिए । प्राविधिकलाई अमानवीय व्यवहार भएको कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अङ्गुर जिसीले बताए । अमानवीय व्यवहार भएको भनिएका व्यक्ति सम्पर्कमा नआएपनि सडक निर्माण उपभोक्ता समितिले भने नगद लुटिएको भन्दै उजुरी दिएको डिएसपी जिसीले बताए । प्रेम बोहोराले १ लाख ८० हजार रूपियाँ लुटेको भन्दै उपभोक्ता समितिका प्रेमप्रशान्त बोहरालगायतका व्यक्तिद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी जिसीले बताए । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले प्राविधिकमाथि गलत व्यवहार भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments