Incident Reports

Locals and family stage demonstration demanding fair investigation into teacher's death

2017-07-09

Locals and relatives of deceased teacher Narayan Paudel have staged a demonstration in Kusma of Parbat district demanding a fair investigation into Paudel's death and action against the culprit. Narayan Paudel who went missing since two weeks was found dead on Saturday near river side. After the deceased identity was identified through DNA test, the family have claimed that he was murdered. They have staged a protest demonstration in front of District Police Office and District Administration Office on Sunday. आइबल एकेडेमीका शिक्षक नारायण पौडेलको हत्या भएको दाबी गर्दै आफन्तले आइतबार शव बोकेर प्रदर्शन गरेका छन्। कालीगण्डकी नदी किनारमा भेटिएको शव डीएनए परीक्षणमा पौडेलको भएको पुष्टि भएपछि आफन्त र स्थानीयले सदरमुकाम कुश्मामा शवसहित प्रदर्शन गरेका हुन्। कुश्मा–१ घर भई कुश्मा–९ स्थित कटुवाचौपारीको आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए। उनको दुई सातापछि नदी किनारमा शव भेटिएको थियो। डीएनए परीक्षणका क्रममा शव पौडेलकै भएको पुष्टि भएपछि आफन्तले उनको हत्या भएको दाबी गर्दै दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेका हुन्। आफन्तले आइतबार दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि शव राखेर प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालयमा प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। प्रहरीले नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई बल प्रयोग गरेपछि प्रदर्शनकारीले समेत ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट एक प्रहरी र तीन पूर्वम्यादी प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी जवान दिवान शाही, पूर्वम्यादी प्रहरी अंकित नेपाली, डम्बरबहादुर कुँवर र लालबहादुर पुन छन्। म्यादी प्रहरीको आइतबार बिदाई तयारी भइरहेको थियो। कुश्मा–५ स्थित डेरा लिएर बस्दै आएका २० वर्षीय पौडेलको आत्महत्या नभएर हत्या नै भएको आफन्तको दाबी छ। भेटिएको शवसँगै पौडेलको बाबु, आमाको रगत मिलेपछि भेटिएको शव उनकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ। कुश्मा–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए। दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अर्न्तगत कालीगण्डकी नदी किनारमा शव भेटिएको थियो। उक्त शव पौडेलकै भए/नभएको बिषयमा पुष्टि गर्न प्रहरीले डिएनए परिक्षणका लागि काठमाडौ पठाएको थियो। पौडेलकी आमाले घाटीमा लगाएको माला, जनै र दाँतका आधारमा नारायणकै भएको बताएकी थिइन्। तर, प्रहरीले थप पुष्टि गर्न भन्दै काठमाडौ पठाएको थियो। बिद्यालयमा बिद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई प्रिन्सिपल बिमल पौडेलले अभिभावकसँग माफी माग्न दबाब दिएका थिए। उक्त दिनपछि नारायण बिद्यालय उपस्थित थिएनन्। पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र धुनका लागि भिजाएको कपडाहरु भेटिएको प्रहरीले जनाएको थियो। तीन छोरामध्ये उनी परिवारका माइला हुन। प्रहरीले बिद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। शवको काठमाडौमा पोष्टमार्टम गर्दा घाटीको चोटका कारण मृत्यु भएको भन्ने खुल्न आएको छ। भेटिएको शवमा घाटीको तल्लो भाग छुट्टिएको फेला परेको थियो। कसरी मृत्यु भयो भन्ने बिषय अझै भन्न नसकिने प्रहरी नायव उपरीक्षक शेखर खनालले बताए। 'अनुसन्धानका लागि कुनै कसर बाँकी राख्दैनौ, सबै कोणबाट अनुसन्धान गरिरहेका छौ' उनले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments