Incident Reports

ekantipur: Local representatives picket office of Water Induced Disaster Management Division

2017-07-12

Province 1, Morang, Biratnagar

Newly elected local representatives of Sunwarshi and Ratuwamai municipalities picket at office of Water induced Disaster Management in Biratnagar expressing remorse over delayed construction of dam at the Bakraha Khola in Morang on Wednesday. Last year 700 families and large land areas in Sunwarshi and Ratuwamai municipalities were inundated when the 200 m of the Bakraha dam at Jayanagar in Hasandaha fell off.The locals and parliamentarians from the region made a temporary dam after the water dried up. Mayors of both the municipalities protested at the office of the division chief against the delay by the contractor Himalayan and Nikita Company. According to the VDC chief of Sunwarshi-2 Pradip Tamang, the contractors had made dam out of mud which gets easily cut down by little rain. Despite the continuous efforts made by Locals from the affected areas to remind the authorities of the situation,nothing was being done due to which they are terrified for this year as well. According to the division chief, the problem was due to irresponsibility of the contractors. पूर्वी मोरङमा हरेक बर्खायाममा दु:ख दिँदै आएको बक्राहा खोला बाँध समयमा नबाँधिएको भन्दै प्रभावित क्षेत्रका नवनिर्वाचिन जनप्रतिनिधिले बुधबार जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय घेराउ गरेका छन् । गत वर्षको बाढीमा हसन्दहको जयनगरमा बक्राहा खोलाको करिब दुई सय मिटर बाँध भत्किएर बस्तीमा बाढी पस्दा पथरी शनिश्चरे ५ सहित सुनवर्षी र रतुवामाई नगरपालिकाका ७ सय परिवार र हजार बिघाभन्दा बढी खेत डुबानमा परेको थियो । पानीको बहाव कम भएपछि प्रहरी, कर्मचारी, सभासद र सर्वसाधारणले अस्थायी बाँध बनाएका थिए । जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरले उक्त बाँध निर्माणका लागि हिमालयन एन्ड निकिता कम्पनीलाई १ करोड २ लाखमा ठेक्का लगाए पनि अहिलेसम्म काम नभएको भन्दै सुनवर्षी नगर प्रमुख कालीप्रसाद दास र रतुवामाई नगरप्रमुख रवीन राई नेतृत्व टोलीले डिभिजन प्रमुख देवनारायण साहको कार्यकक्ष पुगेर विरोध जनाएका थिए । गत वर्ष मोरङ प्रहरी प्रशासन, निजामती कर्मचारी, सभासद र सर्वसाधाणले बनाएको अस्थायी बाँधमा ठेकेदारले माटो भर्ने मात्र काम गरेको उनीहरूले बताए । उनीहरूका अनुसार सामान्य पानी पर्दा नै माटोको बाँध कटान गर्छ । भारी वर्षापछि आउने बाढीले यसपालि पनि बाँध भत्काएर पानी बस्तीमा पस्ने जोखिम छ । गत वर्ष बाढी बस्तीमा पस्दा करिब ७ सय परिवारका सदस्य सातासम्म घरबाहिर निस्कन पाएका थिएनन् । यसपालि पनि त्यही नियति भोग्नुपर्ने स्थिति आएको सुनवर्षी २ का वडाअध्यक्ष प्रताप तामाङले बताए । प्रभावित क्षेत्रका बासिन्दाले हिउँदमा पाँच पटकसम्म डिभिजन कार्यालय आएर ध्यानाकर्षण गराएका थिए । तामाङका अनुसार कार्यालयले वास्तै नगरेपछि अहिले प्रभावित क्षेत्रका बासिन्दा गत वर्षको अवस्था सम्झेर त्रसित छन् । डिभिजन कार्यालयले फागुनमा बाँध निर्माणका लागि करिब दुई करोड लागत स्टिमेटको टेन्डर आहान गरेर सबैभन्दा न्यून कबोल गरेको हिमालयन एन्ड निकिता कम्पनीलाई १ करोड २ लाखमा ठेक्का लगाएको थियो । डिभिजन प्रमुख साहका अनुसार ठेकेदारले काम नगर्दा समस्या भएको हो । पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको बताउँदै अहिलेसम्म करिब ४० लाख रुपैयाँ निकासा भइसकेको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments