Incident Reports

Locals vandalise Jumla District Administration Office

2017-07-18

Karnali, Jumla, Guthichaur

The locals of Gothichaur Rural Municipality have vandalised the District Administration Office accusing that Local Development Officer (LDO) of District Coordination Committee Hari Narayan Belbase dillydallied to pay their wages. The irate locals vandalised the table of Chief District Officer (CDO) Narayan Prasad Sapkota saying that he remained a mute spectator even after the LDO absconded without paying their wages. “We were denied our wages in the cahoots with CDO Sapkota, DSP Guru Binshu Kafle and LDO Hari Narayan Belbase,” accused they locals. Chairman of Chhedadaha Road Construction Consumers Committee Arjun Mahatara has said that LDO absconded to clear the payment even though the consumers committee submitted a technical report on their work. According to Mahatara LDO remained absent in the office after paying only Rs 500,000 while the total cost involved in the road construction is Rs 800,000. जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन्। जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडिओ भागेपनि प्रशासन कार्यालय मुखदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन्। प्रमुख जिल्ला अधिकारी सापकोटा, प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले र स्थानीय विकास अधिकारी वेल्वासेको मिलोमतोमा उपभोक्तालाई भुक्तानी नदिइएको आरोप उनीहरुको छ। छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरिसकेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दासमेत वास्ता नगरी एकाएक भागेको भन्दै तत्काल फिर्ता वोलाएर कामको ज्याला उपलव्ध गराउन माग गरेका छन। कूल ८ लाख रुपैयामा बन्न लागेको सडक निर्माण कार्यको ५ लाख रुपैयाँमात्रै भुक्तानी गरेर एलडिओ भागेको उनको आरोप छ। तत्काल एलडिओ बोलाएर भुक्तानी दिने वातावरण नमिलाए स्थानीय प्रशासनविरुद्ध आन्दोलन गर्ने स्थानीयले चेतावनी दिइएका छन्। यस्तै चोत्रा रामी दोहा हुर्दै मौरे सडकको निर्माणको २४ लाख ६० हजार रुपैया सम्झौता भएकोमा १८ लाख रुपैया भुक्तानी दिएर उम्कीएको भन्दै काम अनुसारको रकम उपलव्ध गराउन कन्ज्जुस्याई गरेको प्रति आपत्ती प्रकट गरे। स्थानीय विकास अधिकारी वेल्वासलेलाई प्रहरी नायव उपरीक्षक काफ्लेले स्कटिङ गरेर लगेको आरोप जुम्लावासीको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जनताले काम गरेको रकम उपलव्ध हुनेगरी स्रोत खोजेर संवोधन गर्न प्राविधिक कार्यालयका प्रमुख राजकुमार गोहितलाई निर्देशन दिएका छन्। प्रमुख जिल्ला अधिकारी सापकोटाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएकाले आफूले बोल्न नमिल्ने उनले बताए। एलडिओ कहिले कसरी गएको भन्ने वारे आफूलाई कुनै जानकारी नभएको बताए। स्थानीय विकास अधिकारी वेल्वासेमाथि आर्थिक लाभ उठाउन मनपरीरुपमा कोटेशन बाँडेको, उपभोक्ता समितिबाट कमिसन लिएको र बार्गेनिङका आधारमा योजनाको भुक्तानी दिने गरेको आरोप छ। एलडिओ रातारात भाग्दा प्रमुख जिल्ला अधिकारी मुखदर्शक भएको भन्दै असारे विकासको रकम कुम्ल्याउन सवैको मिलोमतो रहेको आशंका उनीहरुले गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments