Incident Reports

Kawasoti Municipality office padlocked

2017-07-18

The office of Kawasoti Municipality in Nawalparasi district hass been padlocked on Tuesday by the elected representatives from Nepali Congress and CPN (Maoist Centre). The NC and CPN (MC) leaders padlocked the office following dissatisfaction with the plans and policies of the municipality. कावासोती नगरसभामा बजेट बाँडफाँडमा विपक्षीको असहमतिबीच नगरसभा सम्पन्न भएको घोषणा गरिएको विरोधमा ९ जना वडाअध्यक्षहरुले मंगलबार तालाबन्दी गरेका छन् । पटक पटक स्थगित भएर सोमबार तेस्रो पटक आयोजित नगरसभामा अल्पमतमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधिले नगरसभामा प्रस्तुत गरिएको बजेटमा एमालेले एकपक्षीय रुपले वितरण गरेको भन्दै असहमति जनाएका थिए । नगरसभामा प्रतिपक्षमा रहेका जनप्रतिनिधिले कावासोती नगरपालिकाको नगरसभामा प्रस्तुत गरिने बजेटका बारेमा थाहा पाउनुपर्ने माग राख्दै आएका थिए । नगरपालिकामा कुन कुन शीर्षकमा के-कति बजेट वितरण गरिएको भनेर हेर्न समेत नदिई एकलौटी गरेको आरोपमा विपक्षीले असहमति जनाएपछि यसअघि दुईवटा नगरसभा स्थगित भएको थियो । बजेट विनियोजनका शीर्षक र रकमबारे आफूहरुले बुँदागत रुपमा हेर्न र दफावार छलफल गर्न पाउनुपर्ने विपक्षीको माग अस्वीकार गर्दै एमालेले सोमबार एक्कासी बजेट बहुमतले पारित गरेको विज्ञप्ति नगरपालिकाले राति साढे ९ बजे निकालेको थियो । सोमबार दिनभरि प्रतिपक्षले बजेट हेर्न र छलफल गर्न पाउनुपर्ने माग राखेर सभा अवरुद्ध गरेका थिए । आफूहरुलाई बजेट विनियोजनका शिर्षक पनि हेर्न नदिएको र छलफल, बहस नै गर्न नदिइकन विज्ञप्तिमा नगरसभा सम्पन्न भएको जानकारी आएकाले विरोध जनाउन नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको वडा नम्बर २ का अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए । बजेटको आकार र विनियोजन गरिएका शीर्षकका बारेमा पटक पटक जानकारी माग्दा समेत मेयर चन्द्रकुमारी पुनले कुनै जानकारी नदिएर अन्योलमा राखेकाले बाध्य भएर ताला लगाउन परेको वडा नम्बर १६ वाट निर्वाचित वडाध्यक्ष एकदत्त वस्तीले जानकारी दिए । उनले बजेट हेर्न पनि नदिएर एमालेले अराजक र प्रचलित नियमविपरीत काम गरेको आरोप लगाए । उनले निर्वाचित जनप्रतिनिधिलको अस्तित्व समेत नस्वीकारेकाले नगरपालिकामा एमालेकरण गरेको आरोप लगाए । उनले त्यस्तो बजेट कार्यान्वयन गर्न नदिने दाबी गरे । विपक्षीहरुको आरोपका बारेमा नगरपालिकाकी मेयर चन्द्रकुमारी पुन सम्पर्कमा आउन चाहिनन् । कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले भने नगरसभा सोमबार राति केही सेकेण्डमै सकिएको जानकारी पाएको कान्तिपुरलाई बताए । ‘म नगरसभा पास भयो भन्ने बेलामा चाहिँ बाहिरै थिएँ । पास भयो भन्ने सुनेको हो ।’पुरीले भने अघिल्लै नगरसभाको उपस्थितिमा ६० जनाको हस्ताक्षर रहेको थियो । (हिजो)त्यसैबाट नगरसभा पास भएको आफूले थाहा पाएको उनले बताए । 'निर्वाचित प्रतिनिधि आएकाले छलफल, बहस, सहमति, असहमति हुँदै जान्छ, चल्दै जान्छ' उनले भने 'मैले १० वटा स्थानीय निकायमा काम गरिसके यस्तो चाहिँ पहिलोपटक अनुभव गर्दै छु ।' वासोती नगरपालिकामा १ अर्ब १० करोड ६४ लाख ५५ हजारको बजेट विनियोजन गरेको विज्ञप्तिमार्फत जानकारी आएको छ । १७ वटा वडा रहेको कावासोतीमा नगरपालिकामा ८ वटा वडाध्यक्ष, मेयर, उपमेयर एमालेले जितेको छ भने ८ वटा वडाध्यक्ष र एउटा वडामा माओवादी केन्द्रका प्रतिनिधि विजयी भएका छन् । नगरपालिकामा स्पष्ट बहुमत रहेको एमालेले ६ वटा विषयगत समितिमा एकलौटीरुपमा एमालेबाट निर्वाचित वडाध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । ६ वटा समितिमा एउटा समिति पनि प्रतिपक्षलाई नदिएको भन्दै कांग्रेस र माओवादीले त्यतिबेलैदेखि असहमति राख्दै आएका हुन् । नगरसभामा बजेटबारेमा सबै सदस्यहरुसँग छलफल भएको उपमेयरको दाबी कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले नगरसभामा प्रस्तुत बजेटका बारेमा सबै सदस्यहरुसँग छलफल भएको दाबी गरेका छन् । उनले बजेट बाँडफाँडमा असहमति जनाउने साथीहरुसँग पनि छलफल भएको र बहुमतले नगरसभा पास गरेको दाबी गरे । दुईवटा विषयगत समितिमा कांग्रेस र माओवादीबाट निर्वाचित प्रतिनिधिहरुलाई राख्ने बारेमा सहमति भइसके पनि अन्तिममा नआएको उनले बताए । ‘वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले बजेट पढ्‍नु भएको हो र बहुमतले नगरसभा पास गरेको हो ’उपमेयर मर्दनियाले कान्तिपुरसँग भने ‘बजेट बाँडफाँडमा असहमति राख्ने साथीहरुले बहिष्कार गर्नुभयो हामीले पारित गरेका हौं ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Saptari , Local Newspaper - Chitwan

0 Comments