Incident Reports

आन्दोलनरत मुक्त कमलरी र प्रहरीबीच झडप l

2013-06-05

Komal Niranjan Bhat कञ्चनपुर । जेठ २२ गते विभिन्न माग आन्दोलनमा रहेका मुक्त कमलरीहरू र प्रहरीबीच जेठ २२ गते झडप हुँदा तीन जना कमलरी र एक जना प्रहरी घाइते भएका छन् । सुडा गाविस-१ लालपुरस्थित पुर्वपश्चिम राजमार्ग क्षेत्रमा बसेर नाराबाजी गरी राजमार्ग बन्द गराउँदै गरेका मुक्त कम्हलरीहरू र प्रहरीबीच झडप हुँदा आन्दोलनकर्ता पदम टमटा, मुक्त कम्हलरीहरू बताशु राना र आशा चौधरी र प्रहरी जवान जनक तिरुवा घाइते भएका हुन । घाइतेहरूको टाउको र छातीमा चोट लागेको छ । घाइतेहरूको महाकाली अञ्चल अस्पताल, कञ्चनुरमा उपचार भइरहेको छ । अनिश्चतकालीन बन्दका कारण यस जिल्लाका शिक्षण संस्था, कल-कारखाना र बजार बन्द भएका कारण सर्वसाधारणको जनजीवन प्रभावित बन्दै गएको छ । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis