Incident Reports

Three arrested on charge of Human Trafficking

2017-07-24

Lumbini, Banke, Nepalgunj

Police have arrested Khagendra Shahi, a residence of Kalikot and 2 others on a charge of human trafficking. Khagendra, Bishal Sharma and Sher Bahadur Mahatara were arrested when they were taking a woman and three children to India with the motive of selling them. Shahi's wife who was staying at maternity home was called to Surkhet for her treatment on 19th July by his husband. There she mates two other people along with her husband that made a doubt of her husband. According to her statement, her husband Shahi didn't have any money even for the local travel.They came to Nepalgunj saying that the treatment is not possible in Surkhet without visiting any hospital, later Sharma and Mahatara told her that her treatment was not even possible in Nepalgunj also and they need to go to India. They ran out of the hotel and took the bus of Kohalpur. Shahi's wife doubts on him and took three children aged 14, 10, and 8 with her. A team of Sana Haat Haru and Nepal Police rescued the four and are further investigating the case. आफ्नै श्रीमतीसहित चार जनालाई भारत लैजान लागेको अभियोगमा प्रहरीले कालिकोटका खगेन्द्र शाहीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दैलेखका तीन बालबालिकासहित एक महिलालाई भारत लैजान लागेको अभियोगमा कालिकोटका खगेन्द्र शाहीसहित जुम्ला कुडारीका बिशाल शर्मा र जाजरकोट जगतीपुरका शेरबहादुर महतरालाई नियन्त्रणमा लिएको हो । शाहीले झण्डै ४ वर्ष अघि दिदीको सहयोगले दैलेखकी किशोरीसँग विवाह गरेका थिए । शाहीको दिदीको घर दैलेख हो र घर नजिकैकी किशोरीसँग भाइको बिहे गराइदिएका थिइन् । तर, शाही घरमा नबस्ने भएपछि उनी पनि विवाह भएको एक महिनपछि न माइत फर्किइन् । ‘श्रीमतीको पेटको बिरामी भएको थाहा पाएपछि शाहीले उपचार गर्न भन्दै सुर्खेत बोलाएको देखिन्छ ।’ प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले भने । झण्डै १८/१९ वर्षकी उनी साउन ४ गते साथी लिएर सुर्खेत झरेकी थिइन । सुर्खेतमा श्रीमान शाहीसँग अरु दुई जना महतरा र शर्मासमेत भेटिएपछि उनको मनमा चिसो पस्यो । प्रहरी नायव उपरीक्षक काफ्ले भन्छन्, ‘उपचारको लागि सुर्खेतमा बोलाए पनि अस्पताल कतै नलगी तिम्रो उपचार सुर्खेतमा नहुने भयो, नेपालगञ्ज जानुपर्ने भयो भनेर होटल हाम्रो बाह्रकोटी जाजरकोटीमा कोठा लिएर राखेको पाइयो ।’ उपचारको लागि ल्याएको भएपनि शाहीको साथमा पैसा नभएको र ओहरदोहर गर्ने भाडा समेत अरुले नै हालिदिनु पर्ने अवस्था थियो । श्रीमती र उनका साथीलाई होटलमा राखेर शाही निस्किएपछि शर्मा र महतराले ‘तपाईको उपचार यहाँ नहुने भयो, इण्डिया जानु पर्ने भयो’ भनेपछि उनीहरु होटलबाट भागेर कोहलपुरको बस चढे । मानव बेचबिखन तथा ओसार पसारबिरुद्ध क्रियाशील ‘साना हातहरु नेपाल’ र बाँके प्रहरीको संयुक्त टोलीले कोहलपुर बसपार्कमा चार जनाको समूहलाई भेटेर उद्दार गरेको छ । शाहीले विभिन्न बाहाना बनाएर बोलाएको कारण उनकी श्रीमतीले शंका मानेर आफ्नो साथमा १४, १० र ८ वर्षकी बालिका साथी लिएर आएकी थिइन । साना हातहरु नेपालकी अम्बिका पुनले कोहलपुर चौराहमा अलपत्र अवस्थामा रहेको अवस्थामा किशोरीसहित महिलाको उद्दार गरेपछि घटना सार्वजनिक भएको बताइन् ।
National/Online Media

0 Comments