Incident Reports

Parents padlocked DEO demanding quality education

2017-07-24

Madhes, Mahottari, Jaleswor

Locals of Bhangaha have padlocked the District Education Office demanding better quality of education on Monday. 2 dozen parents of Community Primary School in Bhangaha municipality-9 were trying to meet the District Education Officer Thulbabu Dhahal to put before him their concerns regarding the quality of education since the past three days, but he refused to meet them, as a result of which the parents padlocked the Education Office on Monday evening. Various demand has been put forward like to call the teacher back to school who was transferred, a principal should be chosen on the basis of seniority, investigation on the irregularity of finances should be done, a primary level teacher should be provided to the school. विद्यालय सुधारको माग गर्दै तीन दिनदेखि जिल्ला शिक्षा कार्यालय महोत्तरी पुग्ने गरेका भंगहाका अभिभावकहरुसंग जिल्ला शिक्षा अधिकारीले भेट्न नमानेपछि अभिभावकहरुले कार्यालयमा तालाबन्दी गरेका छन्। जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाललाई भेट्न भंगहा गाउँपालिका-९ भिमगढ स्थित सार्वजनिक मा.वि.का दुई दर्जन अभिभावहरु शिक्षा कार्यालय जलेश्वर पुगेका थिए। तर, उनी सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजे सम्म पनि अभिभावकहरुलाई भेट्न नमानेपछि आक्रोशित अभिभावहरुले शिक्षा अधिकारीको कार्यकक्षको फर्निचरका समाग्रीहरु पल्टाउँदै शिक्षा कार्यालयको मुल गेटमा तालाबन्दी गरिदिएका छन् । विद्यालयबाट सरुवा गरिएको शिक्षक फिर्ता गर्नुपर्ने, वरिष्ठताको आधारमा प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने, विद्यालयको प्रधानाध्यापकले गरेको अनियमितता छानविन गर्नुपर्न , मा.वि स्तरको शिक्षक विद्यालयलाई उपलब्ध गराउनुपर्ने माग राख्दै स्थानीयहरुले जिल्ला शिक्षा अधिकारीलाई भेट्न खोजेका थिए। चार बर्षदेखि विद्यालयमा मा.वि स्तरको पढाई भएपनि मा.वि. स्तरका शिक्षक विद्यालयमा नरहेको स्थानीय संजीव साहले बताए। निम्न माध्यमिक स्तरको राहत र एक दरबन्दीकोे शिक्षकको भरमा मा.वि स्तरको पढाई सञ्चालन भइरहेको छ। जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले आफू सोमबार जिल्ल्ला बाहिर बिदामा रहेको बताए। कार्यालयका तालाबन्दी भएको बिषयमा आफुलाई केही थाहा नभएको उल्लेख गर्दै उनले अभिभावकहरुलाई समय नदिनु कुनै कारण नरहेको शिक्षा अधिकारी दाहालले स्पष्ट पारे।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi , Local Newspaper - Mahottari

0 Comments