Incident Reports

Health facility vandalized in dispute over center

2017-07-26

Karnali, Dolpa, Mudkechula

Locals vandalized health facility on Wednesday in a dispute on the center of Mudkechula Rural Municipality in Dolpa. Earlier, the rural municipality executive body had decided to name Nildaha as the center of the rural municipality. The dispute took a nasty turn when the locals of ward-6, Narku put their disagreement on the decision of majority members. Their demand was to keep the center in Narku village. The irate locals had vandalized the building of health post at Rajikumda. Three persons had also sustained injuries in the incident. The injured are Kapildar Bohora, a local of Mudkechula Rural Municipality-3, Harka Budha and Bishnu Budha of Narku. The injured are in normal condition now, informed the Area Administration Office. RSS डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएकोे छ । केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा नं ६ नर्कूका स्थानीयले साबिकको नर्कू गाविसमा नै केन्द्र बनाइनुपर्ने भन्दै तोडफोड गरेका हुन् । इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकीको भवनमा बैठक बसेको बेला वडा नं ६ का स्थानीयले ढुङ्गामुढा गरेपछि स्थानीय तीनजना घाइते भएका र स्वास्थ्य चौकीको जस्तापाता, झ्याल, सीसा सबैमा क्षति पुगेको इलाका प्रशासन कार्यालय, इलले जानकारी दिएको छ । घाइते हुनेमा मुड्केचुला गाउँपालिका वडा नं ३ का कपिलदर बोहोरा, वडा नं ४ नर्कुका हर्क बुढा र विष्णु बुढा रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रशासन कार्यालयले जनाएको छ । नर्कुका स्थानीयले हातपात गर्न खोजेपछि गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित सातजना र कार्यकारी अधिकृत इलाका प्रशासन कार्यालयमा सुरक्षित रहेको त्यहाँका कर्मचारी मीनराज बुढाले जानकारी दिए । मुड्केचुला गाउँपालिकाको आव २०७४÷०७५ को बजेट पारित भएको भएपनि वडा नं ६ का स्थानीयले बजेट आफूहरुलाई मान्य नहुने भन्दै फेरि बजेट पारित गर्नुपर्ने, नभए गाउँपालिकाको केन्द्र आफूहरुले भनेको स्थानमा हुनैपर्ने माग राखेका छन् । जनताले माग राख्नु स्वाभाविक भएको र छिट्टै राजनीतिक सहमतिबाट समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए । गाउँपालिकाको केन्द्रका विषयमा नै विवाद चर्किएपछि सेवा प्रवाहमा कठिनाइ देखिएको छ । बहुमतले पारित गरेको केन्द्र केही वडाले नमानेपछि विवाद चुलिएको हो । सबैको पायक पर्ने सुरक्षित र भरपर्दो ठाउँमा सहमतिबाटै केन्द्र तोक्न आग्रह गरिएको नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 3
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Trend Analysis