Incident Reports

Student vandalized contact office of Mid-western university

2017-07-30

Bagmati, Kathmandu, Kathmandu

The Nepal Student Union have vandalized a contact office of Mid-western University in Kathmandu for giving University affiliation to other colleges despite the rules and regulation. The Student has accused that the university has given affiliation against the rules and regulation for their personal interest and benefit. मध्यपश्चिमाञ्चल विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालयमा तोडफोड भएको छ । नियम विपरित निजी क्याम्पसहरुलाई सम्बन्धन दिन लागेको लगायतका मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेको हो । आन्दोलनकै क्रममा नेविसंघ केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई सार्वजनिक मुद्दा चलाएपछि थप आक्रोसित भएका विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन् । आर्थिक चलखेलमा व्यक्तिगत लाभको नियतले नियम विपरित निजी सम्बन्धन दिने लगायत विद्यार्थीका जायज माग प्रति विश्वविद्यालय पदाधिकारी संवेदनशील नबनेको विद्यार्थीहरुको आरोप छ । शान्तिपूर्ण रुपमा विश्वविद्यालयको कार्यलयहरुमा लगाइएको ताला तानाशाही र दादागिरी शैलीबाट खोलेर वार्ता र संवादको वातावरण विगारेको भन्दै तोडफोड गरिएको नेविसंघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले बताए । ‘जायज माग पूरा गर्न विद्यार्थीहरुले लगाएको ताला एकलौटि रुपमा पटक फोडेकोले चेतावनी स्वरुप साथीहरुले त्यसो गरेका हुन्,’ कोषाध्यक्ष रिमालले भने,’वार्ताको वातावरण विगारेपछि आक्रोसित विद्यार्थी तोडफोडमा उत्रिएका हुन् ।’ माग पूरा गर्ने तर्फ कुनै पहल नगरी विद्यार्थीहरुलाई झनै आक्रोसित बनाउने काम भएको भन्दै उनले यसरी समस्या समाधान नहुँने बताए । समस्या समाधान गर्न नेविसंघको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नेतृत्वमा कार्यालयमा पुगेको बेला कर्मचारिहरुले धम्किपूर्ण भाषा बोलेको विद्यार्थीको आरोप छ । निजी कलेजलाई सम्बन्धन दिने तयारी खारेज गर्नेलगायतका मागसहित मध्यपश्चिम विश्वविद्यालयमा विगत २ महिनादेखि विद्यार्थीहरु आन्दोलन गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments