Incident Reports

TUTH residential docs to shun OPD services from Tuesday

2017-08-02

Bagmati, Kathmandu, Kathmandu

Residential doctors at Tribhuvan University Teaching Hospital(TUTH) have made a decision to shun the OPD services from Wednesday in protest of the government ’s cavalier attitude toward Dr Govinda KC’s demand for the overhaul of medical education system. Since the demand of Dr KC who is on fast-unto-death for the last nine days demanding for the reform in the medical education system of the country has not been fulfilled through fruitful discussion yet, the TUTH residential doctors have resorted to shunning the OPD services to pressurize the government into acceding to his demands, Dr Kaschev Shrestha told Republica Online. Though TUTH residential doctors used to avoid partaking in the OPD services 5-6 days after the beginning of Dr. KC’s hunger strike in the past, they decided to do so this time 10 days after Dr KC began his fast-unto-death as per his request. “The life of Dr KC is at risk. After the concerned stakeholder did not pay attention to the demand set forth by our teacher despite his fast-unto-death, we have been obliged to resort to agitation”, said Dr Shrestha. अनशनको नवौं दिनसम्म वार्ताबाट डा. गोविन्द केसीको अनशन अन्त्य गराउन सरकार असफल भएपछि त्रिवि, शिक्षण अस्पतालमा कार्यरत आवसीय चिकित्सकले बुधबारदेखि ओपिडी सेवा बहिष्कार गर्ने भएका छन् । आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसियसन (एनआरडिए) ले विज्ञाप्तिमार्फत् राज्यपक्ष अनशन टुंग्याउन गम्भीर नदेखिएको भन्दै पठनपाठन र ओपिडी सेवा बहिष्कार घोषणा गरेको हो । एनआरडिएले सेवामा सरिक हुननसक्ने जानकारी अस्पताल प्रशासन र विभागलाई गराइसकेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत शिक्षण अस्पतालमा एमडी÷एमएस र डिएम÷एमसिएचका समेतगरी झन्डै ४ सय हाराहारीमा चिकित्सक कार्यरत छन् । अस्पतालको अधिकांश विभागका ओपिडीमा सीमित संख्यामा सिनियर कन्सल्टेन्ट बसे पनि अधिकांश रेजिडेन्टको भरमा चलेका छन् । यस्तो अवस्थामा रेजिडेन्टले काम छाड्दा अन्य चिकित्सकले मात्रै सेवालाई निरन्तरता दिन असम्भव प्रायः हुन्छ । अघिल्ला अनशनमा चौथो–पाँचौ दिनदेखि नै सेवा बहिष्कार गर्ने आवासीय चिकित्सकले यसपटक डा. केसीले सेवा अवरोध नगर्न गरेको आग्रहलाई नै ध्यानमा राखेर यतिदिनसम्म पर्खिएको अध्यक्ष डा. कस्चेभ श्रेष्ठले बताए । यसपटक पाँचौ दिनमै सरकारले वार्ता समिति बनाएर वार्ता थाले पनि अझै वार्ता निष्कर्षउन्मुख भएको छैन् । ती चिकित्सकले दुई दिनदेखि हातमा कालोपट्टी बाँधेर सेवा दिँदै आएका छन् । लगातार अनशन, वृद्ध अवस्थाकै कारण विगतको तुलनामा डा. केसीको स्वास्थ्य अवस्था छिट्टै जोखिमपूर्ण बनेपछि सरकारलाई दबाब बढाउन सेवा बहिष्कार गर्नुपरेको डा. श्रेष्ठले बताए । ‘उहाँको स्वास्थ्य नै जोखिममा परेको छ,’ श्रेष्ठले भने । एनआरडिएको विज्ञाप्तिमा डा .केसीको जीवन रक्षाका लागि यस्तो कदम उठाउनु परेको उल्लेख छ । ‘यति कार्यक्रमबाट पनि माग पूरा गर्न सम्बन्धित पक्षले चासो नदेखाए थप कडा कार्यक्रम ल्याउनैपर्छ,’ डा. श्रेष्ठले भने। विज्ञाप्तिमा बाध्यात्मक परिस्थितिमा चाल्नुपरेको यस कदममा सहयोग गर्न फ्याकल्टी, चिकित्सक, नर्स र अन्य कर्मचारीलाई आग्रह गरिएको छ । यसैबीच सरकारी चिकित्सक संघ (गोदान) ले पनि मंगलबारै विज्ञाप्तिमार्फत डा. केसीका मागप्रति ऐक्यबद्धतासहित तत्काल माग पूरा गर्न ध्यानाकर्षण गराएको छ । गोदानले राज्य अनशन टुंग्याउने दिशामा अगाडि नबढ्दा ‘सन्त’ चिकित्सककै ज्यानै जोखिममा पर्ने अवस्था आएको उल्लेख छ । संघले चिकित्सा शिक्षा ऐन तत्काल संसद्बाट पारित गराउन र अन्य माग सबै पक्षसँग छलफल गरेर पूरा गर्न आग्रह गरेको छ । यसैगरी मानव अधिकार तथा शान्ति समाजले पनि विज्ञाप्तिमार्फत डा. कसेसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments