Incident Reports

Sub-metropolis executive officer thrashed in Janakpur

2017-08-01

Madhes, Dhanusha, Janakpur

When Minister for Urban Development Prabhu Sah was inspecting development works in Janakpur, Executive Officer Arjun Prasad Subdei of Janakpur Sub-metropolitan City, who was accompanying the minister, was thrashed today. When Minister Sah was monitoring the under-construction Integrated Urban Development Project in Janakpur Sub-metropolis, local youths manhandled Subedi at Murali Chowk. Sah had inspected the project after locals complained that the project was delayed due to neglect on the part of the contractor. After the inspection was done, Sah started issuing directives to the contractor and staffers. At the time, Subedi was in his vehicle using his mobile phone. Local youths asked Subedi to accompany Minister Sah and take stock of the situation, but Subedi refused saying that it was not his responsibility. Irate youths then dragged Subedi out of the vehicle and manhandled him. Local youths were angry as Subedi was sitting in the vehicle and ignoring the minister. The youths tore Subedi’s clothes. The project is being constructed under the coordination of the sub-metropolis. Police took the minister away from the incident site as the situation became tense. Minister Sah commented that non-cooperation from the electricity department, telecom and drinking water office had delayed the project. “I have information that lack of coordination among different agencies has affected the project,” he added. He said that he had directed the offices concerned to coordinate with each other and settle the problems to speed up construction work. सहरी विकास मन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि मंगलबार बिहानै सम्बन्धित कार्यालयका प्रमुखसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेको बेला कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरिएको हो । आयोजनाको काममा ढिलासुस्ती र लापरबाही भएको गुनासो नगरवासीले मन्त्री साहसामु गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो । सोही क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई बोलाएर निर्देशन दिइरहेका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहेका थिए । उपमहानगरपालिकाकै समन्वयमा सञ्चालित आयोजनाका सबैभन्दा बढी जिम्मेवार कार्यकारी अधिकृत मन्त्रीका अगाडि नबसेर गाडीमा बसेको देखेपछि केही स्थानीय युवाले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरेका थिए । तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि ती युवा आक्रोशित भएको र उनलाई गाडीबाट तान्दै कुटपिट गरेको बताइएको छ । कुटपिटपछि अवस्था थप बिग्रन नदिन मन्त्री साहलाई तत्काल प्रहरीले घटनास्थलबाट बाहिर लगेको थियो । मन्त्री साहले बिजुली विभाग, टेलिकम र खानेपानी कार्यालयको असहयोगका कारण कामले गति लिन नसकेको आफूले जानकारी पाएको बताए । समन्वयको अभावमा निर्माण कार्य प्रभावित भएको र जनताले सास्ती भोग्नुपरेको देखिएकाले शीघ्र समन्वय गरी दुई तीन दिनभित्र सबै समस्या समाधान गर्न आफूले सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Others types of mob justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Saptari

0 Comments