Incident Reports

Arrested on charge of rape

2017-07-24

Province 1, Bhojpur, Shadananda, Ward 7

Police have arrested 32 years old Megh Raj Shrestha of Shadananda Municipality-7, Keurepani on August 5 on charge of raping a 12 years old girl. It has been revealed that the case was settled within the village in presence of mayo Birbal Rai of Shadananda Municipality with an agreement to provide Rs 60,000 to the victim. The victim’s party said that the case was initially settled within the village saying that the incident was attempted to rape. The victim was taken to Khandbari hospital after she had some health issues. The District Hospital of Khandbari , after the medical examination,had confirmed that that the girl was raped and after that, the complaint was lodged at police office according to the victim’s acquaintance. जिल्लाको उत्तरी दिङ्गलामा एक १२ वर्षीया वालिका बलात्कृत भएकी छन् । तर, दोषीलाई कारबाही गराउन पहल गर्नु पर्ने जनप्रतिनिधिले भने लेनदेन गरेर घटना लुकाएको खुलेको छ । षडानन्द नगरपालिका–७ केउरेनीपानीका ३२ वर्षीय मेघराज श्रेष्ठले १२ वर्षीया सरिता (नाम परिवर्तन)लाई बलात्कार गरेका हुन् । साउन ९ गते घर नजिकै बाख्रा चराउन जाँदा दाइ नाता पर्ने मेघराजले सरितालाई बलात्कार गरेका थिए । मावली घरमा बस्दै आएकी सरिताले हालै मात्र आफू बलात्कृत भएको बताएपछि घटना सतहमा आएको हो । पीडित बालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन् । जनप्रतिनिधिले लेनदेनमा मिलाए घटना बालिकाले घटनाबारे घरमा बताएपछि आरोपित मेघराजको परिवार, बालिकाका बुवा र हजुरबा स्थानीय जनप्रतिनिधीसँग दिङ्गला बजारमा बसेका थिए । षडानन्द नगरपालिकाका प्रमुख बीरबल राई, उपप्रमुख मेरिका राई, वडा नं. ७ का अध्यक्ष बुद्धसिं तामाङ र वडा नं. ८ का अध्यक्ष किशोर राईको उपस्थितिमा ६० हजार रकम लेनदेन गराएर विवाद मिलाएका थिए । ‘आफ्नै परिवारभित्रको कुरा, के मुद्दा मामिला गरिरहने, बरु सहमति गरौं’ भन्ने प्रस्ताव वडाध्यक्ष किशोर राईले गरेपछि ६० हजारमा सहमति बनेको पीडित बालिकाका मावली हजुरबाले बताए । षडानन्द नगरपालिकाका प्रमुख बीरबल राईले दुवै पक्ष आफ्नो परिवारभित्रको कुरा वाहिर नलैजाने भनेपछि मिलापत्र भएको स्वीकार गरे । उनले सम्बन्धित पक्षले नै मिल्ने मनसाय देखाएपछि आफूहरुले मिलाइदिएको बताए । तर, जनप्रतिनिधिले नै बलात्कारको घटनालाई लेनदेनमा मिलाएको थाहा पाएपछि स्थानीय स्तरमा निकै आलोचना भएको छ । अहिले बलात्कारका आरोपी मेघराजलाई प्रहरीले पक्राउ गरेको छ र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Sarlahi , Local Newspaper - Jhapa

0 Comments