Incident Reports

CTEVT examinees clash with police

2017-08-08

A clash erupted between police personnel and examinees over the tearing of an answer sheet at Jiri Technical School in Dolakha today. The clash ensued after the answer sheet was torn when Supervisor Govind Gautam from CTEVT tried to snatch it from an examinee saying the candidate was copying the answer from a chit. Irate students pelted stones.Police fired tear gas and baton-charged at examinees contain the situation. Some people on both sides were injured. Jiri Bazaar including Jiri School was tense throughout the day. Students resorted to vandalism of the school administration and examination hall. Additional police personnel from Area Police office and District Police Office had to be sent to the Jiri to avert an untoward situation. Examinees claimed that examination invigilator Suresh Acharya and CTEVT’s Supervisor Govind Gautam had torn the answer sheet forcefully. सिटिइभिटि अन्तर्गतको जिरी प्राविधिक शिक्षालयमा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । मंगलवार बिहान डिप्लोमा इन एग्रीकल्चर (एमिनल साइन्स) अन्तर्गत फिजिक्स विषयको परीक्षाको क्रममा उत्तर पुस्तिका च्यातिएपछि भड्किएको स्थिति दिउँसो मध्यान्हमा आइपुग्दा अश्रुग्यास आक्रमण गर्नुपर्नेसम्म अवस्थामा पुगेको छ । प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले विद्यार्थीले शिक्षालयमा ताला लगाउने खोजेको र त्यसलाई रोक्दा ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रण गर्न अस्रुग्यास प्रहार गर्नुपरेको बताए । मंगलबार विहान ७ बजे परीक्षा सुरु भएको १५ मिनेटमै परीक्षार्थी रामकृष्ण भण्डारीको कपी खोसी जवरजस्ती च्यातेर अमानवीय व्यवहारसमेत गरेको उक्त शिक्षालयका डिप्लोमाका विद्यार्थीहरुद्धारा जारी बक्तव्यमा भनिएको छ । सिटिइभिटिबाट आएका सुपरिवेक्षक गोविन्द गौतमले भण्डारीले प्रयोग नगरेको चिट देखाउँदै कापी खोसेर च्यातेको उनीहरुको दावी छ । शिक्षालयका प्राचार्य विष्णुहरी अधिकारीले परीक्षा सुरु भएको करिब डेढघण्टापछि ८:३० बजे परीक्षार्थी भण्डारीको साथबाट निरिक्षक सुरेश आचार्यले चिट खोसेका थिए । उक्त चिट सुपरिवेक्षक गौतमले पाएपछि कापीमा नथ्थी गर्नसाथ भण्डारी आफैले आफ्नो कापी च्यातेको दावी प्राचार्यको छ । कापी च्यातेपछि बाहिरिएका भण्डारीले परीक्षा सकेर निस्किएका अरु विद्यार्थीको साथ लिएर नारावाजी गर्दै शिक्षालय तालाबन्दी गर्न खोजेपछि स्थिति असामान्य भएको हो । करिब दुईसय विद्यार्थीको हुलले सुपरिवेक्षक र निरिक्षकलाई कार्वाही गर्नुपर्ने र परीक्षा दिन पाउनुपर्ने मागसमेत प्रशासनमा राखेका थिए । विद्यार्थीले राखेको माग पूरा गर्न नसकिने प्रशासनले बताएपछि ढुङ्गा हानेर शिक्षालयका झ्यालका सिसाहरु फुटेका छन् । ढुङ्गाबाट शिक्षालयका सम्पत्ति जोगाउन प्रहरीले कार्वाही थालेपछि स्थिति नियन्त्रणमा आएको प्राचार्य अधिकारीले बताए । उनले अवस्था असामान्य भएको जानकारी दिदैँ बाँकी परीक्षा स्थगित गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Total damaged Buildings 1
National/Online Media

0 Comments