A girl who survived an attempted rape has reached the district headquarters, Jaleshwor seeking justice.
The girl said Bijaya, 32, son of Kailash Thakur, reached her house while she was alone, assaulted and dragged her to the courtyard, torn her clothes, inflicting wounds over body before trying to rape her. "At the assault, I screamed and the neighbors came and rescued me," she said.
She also accused the District Police Office of refusing to register the case, saying the local police beat which is assigned to look after criminal cases in the village where the incident took place said the case was not related to rape rather it was a general brawl between the girl and Bijaya.
The girl also said she was being forced by local political leaders and other people to reconcile and settle the case at local level. RSS
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् ।
स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको मौकामा आएर उनलाई आँगनमा लछारपछार गर्दै लडाएर लुगाफाँटा च्यातिदिएको, शरीरभरि घाउ बनाइदिएको र संवेदनशील अंग समातेर जबर्जस्ती करणीको प्रयास गर्दा चिच्याएपछि छिमेकी आइपुगेकाले पिडक भागेको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालयमा मंगलबार पुगेकी पीडित बालिकाको जाहेरी समेत प्रहरीले दर्ता गर्नुको साटो स्थानीयस्तरमा रहेको आफ्नो मातहतको प्रहरी चौकीले बालिका विरुद्ध जबर्जस्ती करणी उद्योग नभएको केवल दुबै जनाबीच झै–झगडा र गालीगलौज भएको जनाएको जानकारी दिएको छ ।
साथै यस घटनालाई स्थानीयस्तरमा दुबैका पक्षबाट आएका नेता र बुद्धीजीवी तथा सरदुमकाममा समेत राजनीति गर्ने नेता मिलाउने पक्षमा जुटे पनि आफू कुनै पनि हालतमा यस घटनामा मिलापत्र नगर्ने जिद्दी गरेपछि उनीहरुबीच मिलापत्र हुनसकेन् ।