Incident Reports

Attack during rural municipality meeting condemned

2017-08-20

Bagmati, Dhading, Thakre, Ward 6

The active organizations of the district have condemned the attack on Thakre village executive meeting on August 21. The organizations have condemned the incident by releasing a press statement. A group of about 70 Maoist cadres led by Yantra Bahadur Thapa entered into the meeting at Thakre village council-6 and attacked randomly according to vice-chairperson Ambika Rupakheti. Thapa was rural municipality candidate from Maoist centre and Nepali congress. The attacker was attempting to attack the rural municipal chief and other people stopped him. The attackers attacked them saying that they came to hand over memorandum. After the incident chairman of the rural municipality,Ram Kumar informed the police however it took one and half hours for the police to reach the incident site. थाक्रे गाउँ कार्यपालिका बैठकमा आक्रमण गरेको विषयमा जिल्लामा क्रियाशील विभिन्न निकायहरूले भदौ ६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् । थाक्रे गाउँपालिका-६ स्थित गाउँ कार्यपालिकाको भदौ ४ गते बैठक चलिरहेको अवस्थामा बैठक कक्षभित्र प्रवेश गरी नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापाको नेतृत्वमा आएका ७० जनाको समूहले जथाभावी आक्रमण गरेको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् । थापा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र काङ्ग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका थिए । बैठक बसिरहेको स्थानमा प्रवेश गरी गाउँपालिका प्रमुखमाथि नै आक्रमण गर्न लागेपछि बैठक कक्षमा रहेका व्यक्तिहरूले छेकेको रुपाखेतीले बताइन् । यसपछि उनीहरूले जथाभावी आक्रमण गर्दा गाउँ कार्यपालिकाका सदस्य कुमार बैरागी घाइते भएका थिए । यसैबिच माओवादी केन्द्र र काङ्ग्रेसको संयुक्त सो समूहले कार्यपालिकामा काममा आएका थाक्रे गाउँपालिका-१० का ४२ वर्षीय शिवहरी बास्कोटा र थाक्रे गाउँपालिका-११ का ३२ वर्षीय जिवन तामाङलाई समेत कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते बास्कोटाको मनमोहन अस्पताल काठमाडौँमा उपचार भइरहेको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको छ । ज्ञापन पत्र बुझाउन आएको बहानामा आक्रमण गरिएको बताइएको छ । बैठकमा बसिररहेका कार्यकारी अधिकृत युवराज अर्याल बसेको कुर्सी आक्रमण गरी उनलाई भुइँमा लडाएको पीडित पक्षको आरोप छ । केहीबेरसम्म बैठक कक्ष रणभूमिजस्तो भएको गाउँपालिका उपाध्यक्ष अम्विका रुपाखेतीले जानकारी दिँदै अपराधमा सङ्लग्न दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन लागिएको बताइन् । गाउँपालिका कार्यलयमा भौतिक संरचना समेत तोडफोड गर्न लागेपछि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर जिवन निरौलालाई सुरक्षाको लागि आग्रह गरेका थिए । करिब २० मिनेटको दुरीमा रहेको प्रहरीचौकीबाट प्रहरी आउन करिब डेढघण्टा लगाएको र गाउँपालिकामा आएपछि पनि सुरक्षाको लागि पहल नगरेको गाउँपालिकाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 70
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 3
INSEC

0 Comments