Incident Reports

गाउँ कार्यपालिका बैठकमा माओवादी आक्रमणको निन्दा

2017-08-20

Bagmati, Dhading, Thakre, Ward 6

थाक्रे गाउँ कार्यपालिका बैठकमा आक्रमण गरेको विषयमा जिल्लामा क्रियाशील विभिन्न निकायहरूले भदौ ६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् । थाक्रे गाउँपालिका-६ स्थित गाउँ कार्यपालिकाको भदौ ४ गते बैठक चलिरहेको अवस्थामा बैठक कक्षभित्र प्रवेश गरी नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापाको नेतृत्वमा आएका ७० जनाको समूहले जथाभावी आक्रमण गरेको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् । थापा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र काङ्ग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका थिए । बैठक बसिरहेको स्थानमा प्रवेश गरी गाउँपालिका प्रमुखमाथि नै आक्रमण गर्न लागेपछि बैठक कक्षमा रहेका व्यक्तिहरूले छेकेको रुपाखेतीले बताइन् । यसपछि उनीहरूले जथाभावी आक्रमण गर्दा गाउँ कार्यपालिकाका सदस्य कुमार बैरागी घाइते भएका थिए । यसैबिच माओवादी केन्द्र र काङ्ग्रेसको संयुक्त सो समूहले कार्यपालिकामा काममा आएका थाक्रे गाउँपालिका-१० का ४२ वर्षीय शिवहरी बास्कोटा र थाक्रे गाउँपालिका-११ का ३२ वर्षीय जिवन तामाङलाई समेत कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते बास्कोटाको मनमोहन अस्पताल काठमाडौँमा उपचार भइरहेको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको छ । ज्ञापन पत्र बुझाउन आएको बहानामा आक्रमण गरिएको बताइएको छ । बैठकमा बसिररहेका कार्यकारी अधिकृत युवराज अर्याल बसेको कुर्सी आक्रमण गरी उनलाई भुइँमा लडाएको पीडित पक्षको आरोप छ । केहीबेरसम्म बैठक कक्ष रणभूमिजस्तो भएको गाउँपालिका उपाध्यक्ष अम्विका रुपाखेतीले जानकारी दिँदै अपराधमा सङ्लग्न दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन लागिएको बताइन् । गाउँपालिका कार्यलयमा भौतिक संरचना समेत तोडफोड गर्न लागेपछि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर जिवन निरौलालाई सुरक्षाको लागि आग्रह गरेका थिए । करिब २० मिनेटको दुरीमा रहेको प्रहरीचौकीबाट प्रहरी आउन करिब डेढघण्टा लगाएको र गाउँपालिकामा आएपछि पनि सुरक्षाको लागि पहल नगरेको गाउँपालिकाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 70
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 3
INSEC

0 Comments