Naya Shakti Nepal staged sit-in-protest demanding directly elected presidential system as well as voting rights for the Nepalese residing abroad at Maitighar Mandala in Kathmandu on Tuesday. Prem Tamang, Coordinator of Political and Social Campaign Committee Coordinator said that until and unless the country adopts directly elected presidential system there remains ill practices of bribing among parliamentarians and demanded to adopt the system through constitution amendment.
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी नेपालले माइतीघर मण्डलामा धर्ना दिएको छ । धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका नयाँ शक्ति पार्टीका राजनीतिक सामाजिक अभियान परिचालन समितिका संयोजक प्रेम तामाङले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागु नहुँदासम्म सांसद किनबेच जस्तो निकृष्ट अभ्यास जारी रहने भएकोले संविधान संशोधन गरी सो व्यवस्था लागु गर्न माग गरे ।