Incident Reports

Locals picketed DAO demanding relief materials

2017-08-31

Madhes, Rautahat, Gaur

Flood victim of Rautahat has picketed District Administration office on Thursday demanding relief material. Locals of Hajaminiya and Pathara rural municipality in Rajdevi municipality picketed DAO accusing government and other institutions did not provide relief materials to them. राहतको माग गर्दै रौतहटका केही गाउँका बाढी पीडितहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। दुई साता पहिले आएको विनाशकारी बाढीबाट क्षति भए पनि सरकार र अन्य पक्षबाट राहत नपाएको भन्दै राजदेवी नगरपालिकाको हजमिनिया र पथरा गाउँका बाढीपिडितले प्रदर्शन गरेका हुन्। गत साउन २९ गते आएको विनाशकारी बाढीले घर भत्काएको, खाद्यान्न सामग्रीहरु नष्ट भएको, लत्ताकपडा सबै बाढीले बगाए पनि हजमिनिया र पथरा गाउँमा राहत वितरण नभएको गुनासो गर्दै बाढीपीडितले जिल्ला प्रशासन घेराउ गरेका हुन्। बाढी पिडितलाई खाद्यान्न देऊ, खानेपानी देऊ, बाच्नको लागि उपयुक्त राहत देऊ, बाढीमा भत्केका घरलाई पुनःनिर्माण गर जस्ता नाराहरु लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि करिव डेढ घण्टासम्म प्रदर्शन गरेका थिए। प्रदर्शनकारीलाई जिल्ला प्रशासन कार्यालयले राहत बाँड्ने आश्वसन दिएपछि उनीहरु फर्किएका थिए। रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले पीडितलाई राहत सामग्री पठाइए पनि केही स्थानमा नपुग्दा समस्या उत्पन्न भएकोमा चाँडै उक्त स्थानहरुमा राहत पठाउने जानकारी दिए। बाढीले रौतहटको ८० प्रतिशत भूभाग डुबान गरेको थियो। फुसका घर बगाएको थियो भने कतिपय पक्की घरसमेत भत्काएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of non-government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments