Incident Reports

NayaPatrika: Tractor entrepreneurs protest after not being able to get hold of pebbles and stones

2017-09-10

Tractor entrepreneurs have commenced protest after not being able to get hold of the stones and pebbles in Nawalpur area. Shiva Giri, President of Nawalpur Tractor Committee stated that they did so in order to put pressure on the administration. They set out tractor rally from Kawasoti Municipality as a protest. Tractor entrepreneurs of Daldale have also set out rally as a protest against the administration. It has also been said that even after series of meetings with the administration regarding the same, the administration haven't been able to come to a conclusion. They have also warned that they will continue the protest until and unless their demands aren't addressed. Another reason reason behind the protest is reportedly police's ill behavior of taking control over tractors, frequent fines etc. नवलपुर क्षेत्रका ट्र्याक्टर व्यवसायी आन्दोलित भएका छन् । खोलाबाट गिटीढुंगा उठाउन नपाएपछि व्यवसाय धरापमा परेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । खोला ठेक्कामा लगाउन प्रशासनलाई दबाब दिने उद्देश्यले आन्दोलन सुरु गरेको नवलपुर ट्र्याक्टर समितिका अध्यक्ष शिव गिरीले बताए । व्यवसायीले आइतबार कावासोती नगरपालिकाको केरुंगेखोलाबाट विरोधस्वरूप ट्र्याक्टर र्‍याली निकालेका थिए । र्‍यालीमा कावासोतीका सयभन्दा बढी ट्र्याक्टर सहभागी थिए । पुरानो कावासोतीबाट निस्केको र्‍याली नयाँगाउँमा पुगी कोणसभामा परिणत भएको थियो । दलदलेका ट्र्याक्टर व्यवसायीले पनि प्रशासनको विरोध गर्दै र्‍याली निकालेका छन् । सोमबारबाट लगातार नवलपुरका अमरापुरी, गैँडाकोट, चोरमारा, अरुणखोला दुम्कीवासलगायत स्थानका ट्र्याक्टर व्यवसायीले विरोध र्‍याली निकाल्ने अध्यक्ष गिरीले बताए । व्यवसायीले टेन्डरमार्फत तत्काल खोलालाई ठेक्कामा लगाएर नदीजन्य वस्तु निकासी गर्न माग गरेका छन् । सरकारसँग पटक–पटक खोला तथा नदीजन्य वस्तु निकासी खुलाउन माग गरे पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको नवलपुर ट्र्याक्टर समितिका अध्यक्ष गिरीले बताए । उनले मागको सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । प्रहरीले ट्र्याक्टर व्यवसायीलाई तारो बनाएर नियन्त्रणमा लिने गरेको, स्टक सामग्री ढुवानी गर्दा पनि समातेर जरिवाना तिराउने गरेपछि आन्दोलनमा उत्रिएको जनाएका छन् । उनीहरूले व्यवस्थित रूपमा खोलालाई टेन्डर लगाई नदीजन्य वस्तु गिटी, बालुवा, ढुंगा निकासी दिनुपर्ने, खोला टेन्डर खोलेको समय स्टक राखेको सामग्री निर्बाध ढुवानी गर्न दिनुपर्नेलगायत माग राखेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments