Incident Reports

Dalit family assaulted for inter-casted marriage

2017-09-09

A Dalit family from Surkhet district has been assaulted for marrying so called upper caste girl. Injured 2 people are receiving treatment at a mid-western zonal hospital. A group of four people assaulted the Dalit family Balbahadur BK, his father Bhakta Bahadur and his mother Amrita on Sunday. They pushed the couple from the rooftop due to which Bhakta Bahadur broke his hand while the Bal Bahadur is missing since the incident. According to the local people, the group of four who assaulted the family took Bal Bahadur along with them by tieing his both hands. Bal Bahadur got married to Ramma Shahi on June 28. The runaway couple was hiding from the bride family but unfortunately, bride's family got the information that they have come back to groom's house in Surkhet lately. The bride's family went to groom's house and took away Ramma on Saturday and the very next day they were physically assaulted.The Dalit rights defenders have demanded action against the those involved in the act. गैरदलितकी छोरी विहे गरेकै कारण सुर्खेतमा एक दलित परिवारमाथि आक्रमण भएको छ । जिल्लाको बराहताल गाउँपालिकास्थित दमारमा गैरदलितले मध्यरातमा दलित परिवारमाथि आक्रमण गरेका छन् । आक्रमणपछि गम्भिर घाइते भएका दुई जनाको अहिले मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ । आइतबार राती १२ बजे चार जनाको संख्यामा आएका व्यक्तिहरुले गैरदलितकी छोरी भगाउने स्थानीय बलबहादुर विक, उनका बाबु भक्तबहादुर र आमा अमृतामाथि आक्रमण गरेका हुन् । उक्त समूहले भक्तबहादुर र अमृतालाई घरको माथिल्लो तलाबाट खसालेका थिए । यस्तै उनीहरुले आफूहरुको हात बाँधेर कुटपिट गरेको पीडितले बताएका छन् । गम्भिर घाइते भएका भक्तबहादुर र अमृतालाई उपचारका लागि सोमवार दिउँसो क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरुका छोरा बलबहादुरको अवस्था भने अज्ञात छ । स्थानीयका अनुसार आक्रमण गर्ने समूहले नै बलबहादुरलाई हात बाँधेर लगेको छ । उनको अवस्था हालसम्म पनि सार्वजनिक भएको छैन । पीडितका आफन्तले भने कुटपिटपछि बलबहादुरलाई वेपत्ता बनाइएको जनाएका छन् । गत असार १४ गते बलबहादुर विकले दैलेखको तल्लो डुंगेश्वर निवासी रम्मा शाहीलाई भगाएर विहे गरेका थिए । भागेर विहे गरेका उनीहरु माइती पक्षले खोस्ने त्रासका कारण लुक्दै आएका थिए । तर केहीदिन पहिला उनीहरु घरमा पुगेको जानकारी पाएपछि केटी पक्षले शनिवार राती रम्मालाई खोसेर लगेका थिए । छोरी फिर्ता लगेको भोलीपल्ट आइतवार राती केटा पक्षको घरमा आक्रमण भएको हो । बलबहादुरका दिदी कृष्णा सुनारले आफ्नो भाईलाई केटी पक्षले वेपत्ता बनाएको बताइन् । उनले भनिन्,‘मध्यरातमा घरमा आक्रमण गरे, बुबा र आमालाई मरणासन्न हुनेगरी कुटे । मेरो भाईलाई पनि उनीहरुले नै बेपत्ता बनाएका छन्, तल्लो जातसँग विहे गरेको भन्दै बुहारीलाई पनि खोसेर लगे ।’ कुटपिटका कारण भक्तबहादुर र अमृता वेहोस भएका थिए । उनीहरुले रगत वान्ता गरेको र शरिरभरी घाउ रहेको अस्पतालले जनाएको छ । अमृता अहिले पनि वहोस अवस्थामा छिन् । स्थानीय बासिन्दाले उनीहरुलाई उपचारका लागि अस्पताल ल्याएका हुन् । घटनापछि दलित परिवार थप त्रसित बनेको छ । अन्तरजातिय विवाह गरेकै कारण दलित परिवारमाथि मध्यरातमा आक्रमण भएको भन्दै दलित अधिकारकर्मी बसन्त विकले दोषीमाथि कडा कारबाहीको माग गरे । साथै उनले पीडकविरुद्ध उजुरी दिने तयारी भइरहेको बताए । घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेको छ । यस्तै घटनाको बारेमा थप अनुसन्धान भइरहेको र दोषीको खोजी कार्य पनि जारी रहेको प्रहरीको भनाइ छ । यता केटी पक्षले आफ्नो छोरी फिर्ता ल्याएको भए पनि कुटपिट नगरिएको दाबी गरेको छ । केटीका दिदी विष्णुकुमारी शाहीले केटाको घरमा पुगेर बहिनीलाई ल्याएको स्वीकार गरिन् । तर भोलिपल्ट कुटपिट भएको भन्नेवारे आफूहरुलाई थाहा नभएको उनको भनाइ छ । केटाले आफू थापाको छोरा भन्दै बहिनीलाई फसाएकाले आफूहरुले बहिनीलाई घरमा फिर्ता ल्याएको उनको दाबी छ । जिल्लामा पछिल्लो समय जातिय विभेद र कुटपिटका घटनाहरु बढ्दै गएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
Total Abducted 1
National/Online Media

0 Comments