Incident Reports

गैरदलितकी छोरी विहे गर्दा कुटियो दलित परिवार

2017-09-09

गैरदलितकी छोरी विहे गरेकै कारण सुर्खेतमा एक दलित परिवारमाथि आक्रमण भएको छ । जिल्लाको बराहताल गाउँपालिकास्थित दमारमा गैरदलितले मध्यरातमा दलित परिवारमाथि आक्रमण गरेका छन् । आक्रमणपछि गम्भिर घाइते भएका दुई जनाको अहिले मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ । आइतबार राती १२ बजे चार जनाको संख्यामा आएका व्यक्तिहरुले गैरदलितकी छोरी भगाउने स्थानीय बलबहादुर विक, उनका बाबु भक्तबहादुर र आमा अमृतामाथि आक्रमण गरेका हुन् । उक्त समूहले भक्तबहादुर र अमृतालाई घरको माथिल्लो तलाबाट खसालेका थिए । यस्तै उनीहरुले आफूहरुको हात बाँधेर कुटपिट गरेको पीडितले बताएका छन् । गम्भिर घाइते भएका भक्तबहादुर र अमृतालाई उपचारका लागि सोमवार दिउँसो क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरुका छोरा बलबहादुरको अवस्था भने अज्ञात छ । स्थानीयका अनुसार आक्रमण गर्ने समूहले नै बलबहादुरलाई हात बाँधेर लगेको छ । उनको अवस्था हालसम्म पनि सार्वजनिक भएको छैन । पीडितका आफन्तले भने कुटपिटपछि बलबहादुरलाई वेपत्ता बनाइएको जनाएका छन् । गत असार १४ गते बलबहादुर विकले दैलेखको तल्लो डुंगेश्वर निवासी रम्मा शाहीलाई भगाएर विहे गरेका थिए । भागेर विहे गरेका उनीहरु माइती पक्षले खोस्ने त्रासका कारण लुक्दै आएका थिए । तर केहीदिन पहिला उनीहरु घरमा पुगेको जानकारी पाएपछि केटी पक्षले शनिवार राती रम्मालाई खोसेर लगेका थिए । छोरी फिर्ता लगेको भोलीपल्ट आइतवार राती केटा पक्षको घरमा आक्रमण भएको हो । बलबहादुरका दिदी कृष्णा सुनारले आफ्नो भाईलाई केटी पक्षले वेपत्ता बनाएको बताइन् । उनले भनिन्,‘मध्यरातमा घरमा आक्रमण गरे, बुबा र आमालाई मरणासन्न हुनेगरी कुटे । मेरो भाईलाई पनि उनीहरुले नै बेपत्ता बनाएका छन्, तल्लो जातसँग विहे गरेको भन्दै बुहारीलाई पनि खोसेर लगे ।’ कुटपिटका कारण भक्तबहादुर र अमृता वेहोस भएका थिए । उनीहरुले रगत वान्ता गरेको र शरिरभरी घाउ रहेको अस्पतालले जनाएको छ । अमृता अहिले पनि वहोस अवस्थामा छिन् । स्थानीय बासिन्दाले उनीहरुलाई उपचारका लागि अस्पताल ल्याएका हुन् । घटनापछि दलित परिवार थप त्रसित बनेको छ । अन्तरजातिय विवाह गरेकै कारण दलित परिवारमाथि मध्यरातमा आक्रमण भएको भन्दै दलित अधिकारकर्मी बसन्त विकले दोषीमाथि कडा कारबाहीको माग गरे । साथै उनले पीडकविरुद्ध उजुरी दिने तयारी भइरहेको बताए । घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेको छ । यस्तै घटनाको बारेमा थप अनुसन्धान भइरहेको र दोषीको खोजी कार्य पनि जारी रहेको प्रहरीको भनाइ छ । यता केटी पक्षले आफ्नो छोरी फिर्ता ल्याएको भए पनि कुटपिट नगरिएको दाबी गरेको छ । केटीका दिदी विष्णुकुमारी शाहीले केटाको घरमा पुगेर बहिनीलाई ल्याएको स्वीकार गरिन् । तर भोलिपल्ट कुटपिट भएको भन्नेवारे आफूहरुलाई थाहा नभएको उनको भनाइ छ । केटाले आफू थापाको छोरा भन्दै बहिनीलाई फसाएकाले आफूहरुले बहिनीलाई घरमा फिर्ता ल्याएको उनको दाबी छ । जिल्लामा पछिल्लो समय जातिय विभेद र कुटपिटका घटनाहरु बढ्दै गएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
Total Abducted 1
National/Online Media

0 Comments