Incident Reports

Three accused of murdering a woman in Sindhuli

2017-09-19

Bagmati, Sindhuli, Dudhouli, Ward 11

35-year-old Sita Sada of Musahar basti in Dhudhauli-11 of Sindhuli was found dead at her own residence. Kins of Sada have accused three people of Sada's murder. The deceased's brother had lodged a complaint that Sada was murdered at around 9 pm on September 19 by three people while nobody was home. Police have arrested the suspects and Sada's body has been taken to the hospital for post-mortem. सिन्धुलीको दुधौली नगरपालिका ११ पत्रिङ्गामा एक महिलाको हत्या भएको आरोप छ।पत्रिङ्गामा स्थित मुसहर बस्तीकी ३५ वर्षीया सीता सदाको हत्या भएको उनका आफन्तहरुले आरोप लगाएका छन्। गत असोज ३ गते राति करीब ९ बजे घरमै सदाको हत्या गरीएको भन्दै मृतकका भाई आशाराम सदाले किटानी सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका छन्। मृतक सदाको श्रीमान् दुखिया सदा र उनको छोरा घरमा नभएको मौका पारी हत्या गरीएको भन्दै स्थानीय तिनजनाको नाममा आसारामले किटानी जाहेरी दिएका हुन्। सदाको किटानीका आधारमा तीन जनालाई इलाका प्रहरी कार्यालय दुधौलीले पक्राउ समेत गरेको छ। उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा राखिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिए। मृतक सदाको शव पोष्ट मार्टम उदयपुरको कटारी स्थित अस्पतालमा भएको थियो। अस्पतालले मृतक सदाको घाँटी थिची हत्या गरेको जनाएपछि उनका आफन्तले तिन जनाको नाममा किटानी जाहेरी दिएका थिए। पक्राउ पर्नेहरुको बारेमा भने प्रहरीले केही खुलाउन मानेको छैन्। दशैको कारण अदालत बन्द भै सकेको जनाउँदै दशैं पछि अदालत उपस्थित गराएर आवश्यक अनुशन्धान गरिने प्रहरीले जनाएको छ। उता स्थानीयले दोशी माथी कडा कारबाही गर्नु पर्ने माग गरेका छन्।यस अघि दुधौली नगरपालिका ११ पत्रिङ्गाकै स्थानीय चेतप्रबहादुर बस्नेतको हत्या गरिएको चार वर्ष भइसक्दा पनि हत्याराको पहिचान हुन नसकेको भन्दै स्थानीय प्रहरीमाथी खनिएका छन्।स्थानीयका अनुसार २०७१ जेठ महिनामा बस्नेतको हत्या भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments