Incident Reports

Unidentified group vandalize house of displaced teacher

2017-09-23

Sudurpashchim, Baitadi, Shivanath

Unidentified group vandalized and arsoned the house of a teacher at Kanali in Shivanath rural municipality of Baitadi on Sep 23 for allegedly helping a non-dalit student to bethrod a dalit boy. The victims include Karan Rana (35) and his wife Raju Rana (30). Both are teachers at a different schools in Baitadi. However, Karan Rana has been teaching at Hirapur Secondary School under a quota for the displace. After the incident,the couple along with children was living a displaced life at the headquarter. They were informed by relatives about their new house being arsoned. The couples have denied any accusations against them. Meanwhile,the police has been searching for the perpetrators vandalizing and arsoning Rana's house. शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ । गैरदलित परिवारकी छात्रा दलित केटासँग विवाह गरेपछि विद्यालय व्यवस्थापन समितिले निष्काशन गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा असोज ७ गते बेलुका आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो । गैरदलित छात्रालाई दलित केटासँग विवाह गर्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ । राजु राना स्थानीय कृष्ण निमाविमा शिशु कक्षा पढाउने शिक्षिका हुन् भने उनका पति करन राना हिरापुर मावि कनालिमा निमाविमा राहात कोटाबाट अध्यापन गराउँदै आएका थिए । १३ वर्षीया छोरी र नौ वर्षीय छोरालाई लिएर सदरमुकाममा विस्थापन जीवन बिताइरहेका पीडितको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् । “उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासँग भगाउनमा तेरो र तेरो पत्नीको हात छ भन्दै मलाई गाँउबाट विस्थापित गरियो ।”-रानाले भने । न्यायको लागि महिनौँदेखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् । “नयाँ घरमा आगजनी गर्‍यो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो ।”-रानाले दोहोर्‍याए । न्यायको लागि पहल गरिदिन भन्दै उनले इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएका थिए । इन्सेक प्रतिनिधिले जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग भेट गरी घटनाको बारेमा बुझ्दा जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई स्थापित गर्ने प्रतिवद्धता जनाएको थियो । विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरूको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर सुरेन्द्र वमले बताए । आफ्नै गाँउबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा र दलित समुदाय भगाउनमा आफ्नो कुनै हात नरहेकेा बताउँदै आएका छन् । एक महिना संम्म सम्पर्कविहीन बनेका गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा ०७३ चैतको अन्तिम साता सम्पर्कमा आएका थिए । छात्राले दलित केटासँग आफूखुशी गएको प्रहरी समक्ष बयान दिएपनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई आ-आफ्नो परिवारको जिम्मा लगाइएको थियो । सोही घटनापछि शिक्षक दम्पति र उनका छोराछोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफूहरूलाई गाँउमा आए मार्ने धम्की दिने गरेको पीडित शिक्षक रानाले गुनासो गरे । शिक्षा नियमावली अनुसार कुनै अपराध विना शिक्षकलाई निष्कासित गर्न नपाइने भएपनि व्यवस्थापन समितिले भने नियमावलीको अवज्ञा गर्दै शिक्षकलाई निष्कासित गरेको थियो । गाँउलेहरूले निष्कासन गर्न दबाव दिएपछि करन रानालाई विस्थापित गर्नु परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय व्यवस्थापन समितले कुनै कसुर बिना शिक्षकलाई कामबाट निकाल्न नसक्ने र विस्थापित करन राना को घरमा आगजनी गर्ने व्यक्तिको तत्काल खोजि गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । “त्यसरी कसैलाई कामबाट निकाल्न पनि पाइँदैन । घर तथा सम्पतीमा आगो लगाउने कुरा त सरासर कानुन विपरीत भएकाले तत्काल दोषीमाथि कारबाही गरिन्छ ।”-जोशीले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC , National/Online Media

0 Comments