Incident Reports

OnlineKhabar: Students encircle Indian Embassy demanding Dev Narayan Yadav's release

2017-10-02

Bagmati, Kathmandu, Kathmandu, Ward 26

Student Unions have demonstrated in fornt of the Indian Embassy on Monday, demanding release of Dev Narayan Yadav. NSU, ANNFSU, ANNFSU-R and some other student unions met at Lainchaur and started demonstrating in front of the Embassy. Dev Narayan was arrested when he reached India to rescue his son, who was arrested there. ANNFSU's President Nabina Lama, NSU's Vice President Pushpa Shahi, ANNFSU-R's Vice President Dipesh Pun etc participated in the demonstration. सप्तरीको तिलाठी कोइलाडीका देव नारायण यादवलाई भारतीय प्रहरीले पक्रेको विरोधमा विद्यार्थी संगठनहरुले आज काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत विद्यार्थी भेला भएर लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरुले ‘देवनारायण यादवलाई ससम्मान रिहा गर’, ‘सीमा हस्तक्षेप बन्द गर’, ‘भारतको दादागिरी बन्द गर’ लगायतका नारा लगाएका छन् । भारतीय सुरक्षाकर्मीले देवनारायण यादवलाई पक्रेर सुपौल जिल्लाको बिरपुरमा राखेको छ । छोरालाई गत शनिबार भारतीय प्रहरीले पक्रेको खबर पाएपछि छोरालाई छुटाउन भनेर भारत गएका देवनारायणलाई पनि सुरक्षाकर्मीले पक्रेका हुन् । देवनारायण र उनको छोरा अजयलाई हतकडी लगाएर राखिएको तस्वीर सार्वजनिक भएको छ । देवनारायण तिनै व्यक्ति हुन् जो गत वर्ष खाँडो नदीमा एकतर्फी बाँध बाँध्न आएका भारतीयहरुको प्रतिकार गरेका थिए । सो क्रममा भारतीयको आक्रमणमा पर्दा देवनारायण घाइते भएका थिए । उनलाई विद्यार्थीहरुले नेपालको सीमा रक्षक र राष्ट्र नायकको संज्ञा दिए । विरोध प्रदर्शनमा अनेरास्ववियकी अध्यक्ष नविना लामा, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन लगायत दर्जनौं विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागीता थियो । उनीहरुले कोणसभालाई सम्वोधन गर्दै उनीहरुले नेपाल र नेपालीप्रतिको हेपाहा प्रवृत्ती त्याग्न भारतीय पक्षलाई आग्रह गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments