Incident Reports

A man sent to jail for sexually abusing his brother

2017-08-07

Province 1, Morang, Kerabari

A man has been arrested for sexually abusing his brother. The incident came in cognizance after the victim told his sister Rita about the incident. Rita was in a state of disarray after hearing about it. She was in two states of mind about her small brother (victim) and her big brother (perpetrator). Rita has been advocating about children's rights since quite some time now. Her friends consulted her to take action against her brother, has he had committed a huge mistake. She decided to file a case against her big brother and did so on August 7. Another incident happened in Rita's home immediately after the first incident. Her 9 years old niece was sexually abused by 68-years-old Keshab Prasad Khatiwada. She immediately informed the Local Police Station after she came to know that Khatiwada was constantly involved in such activities since a long time. Khatiwada was arrested after the case was registered. After the series of incidents, Rita became a subject of joke in her village. People started laughing at her. Her family also thought that she made a mistake by filing the case. However, she has stayed firm and composed and has continued working towards children's rights. दाजु (ठूलीआमाको छोरा) सँगै पानी लिन गएको छोरो एक्कासी कुद्दै घर फर्किएको देखेर आमा झस्किइन् । तर, उनले जति सोध्दा पनि छोराले के भयो भनेर भन्नै मानेनन् । त्यसको भोलिपल्ट उनकी दिदी रीताले एकान्तमा लगेर फकाएर सोधिन् । बल्ल बालकले सबै कुरा खोले । भाइको कुरा सुन्दा रीता झसङ्ग भइन् । दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अंग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा भाइले सुनाएपछि रीताको होसहवास उड्यो । यस्तो क्रियाकलाप दाजुले धेरै अगाडिदेखि गर्ने गरेको भाइले उनलाई सुनाए । सानै उमेरदेखि बाल क्लबमा आवद्ध भएर बालअधिकारको वकालत गर्दै आएकी रीता आफ्नै घरमा यस्तो घटना आइपर्दा के गर्ने होला भनी अलमलमा परिन् । एकातर्फ पीडित बनेको भाइ, अनि अर्कोतर्फ अपराधी दाइ । रीतालाई संकट पर्‍यो । उनी रातभर निदाउन सकिनन् । अन्ततः उनले केही मिल्ने साथीहरुलाई यो घटनाबारे सुनाइन् । भोलिपल्ट बिहान उनले अपराधी आफ्नै दाजु किन नहोस्, सजायँ पाउनुपर्ने निचोड निकालिन् । त्यसपछि उनी मोरंग जिल्ला बाल कल्याण समितिको कार्यालय बिराटनगरमा पुगिन् । त्यहाँ उनले दाजु कृष्ण धिमालद्वारा आˆनो भाइमाथि भएको अप्राकृतिक यौन दुर्व्यवहारको उजुरी साउन २३ गते दर्ता गराइन् । उजुरी दर्ताको केही दिनपछि इलाका प्रहरी कार्यालय केराबारीबाट आएको प्रहरी टोलीले कृष्णलाई पक्राउ गर्‍यो । प्रहरीले अभियुक्तलाई इलाका प्रहरी कार्यालय बेलबारी पठायो । ‘वन रक्षक’ले गरे जंगली व्यवहार ! एउटा घटनाको छिनोफानो भइनसकी रीताकै घरमा फेरि अर्को घटना दोहोरियो । सानो नानी हेर्ने बहानामा उनकी ९ बर्षीया भदैनीमाथि त्यसै गाउँका ६८ बर्षीय केशवप्रसाद खतिवडाले यौन दुर्व्यवहारको प्रयास गरे । गाउँमा पुरोहितको काम समेत गर्ने एवं वृद्धभत्ता खाने उमेर पुग्न लागेका खतिवडाले पहिलादेखि नै यस्तो हर्कत गर्दै आएको भदैनीले सुनाएपछि तत्काल इलाका प्रहरी कार्यालयमा फोन सम्पर्क गरियो । खबर पाएपछि सोही दिन बेलुका खतिवडा पक्राउ परे । भाइमाथि भएको दुर्व्यवहारविरुद्ध लडिरहेकी रीतालाई अर्को घटनाले थप तनाव उत्पन्न गरायो । उजुरी दर्ता गराई घर फर्कंदा गाउँलेहरुले उनलाई उल्टै हेय दृष्टिकोणले हेर्ने गरेको पाइन् । सुनसरीको धरानसँग जोडिएको दुर्गम गाउँ आँपटारमा बस्ने एउटा निम्नवर्गीय परिवारकी रीतालाई उजुरी दर्तादेखि वयान दिनका लागि बारम्बार सरकारी कार्यालयमा धाउन गाह्रो परिरहेको थियो । गाउँलेहरुको फरक व्यवहार पाएपछि उजुरी गरेर गल्ती गरियो भन्ने निस्कर्षर्मा उनका परिवारका सदस्यहरु पुगिसकेका थिए । बाटोमा हिँड्दा गाउँलेहरुले नानाथरी भन्दै जिस्काउने र गाली बेइज्जत गर्ने गर्न थाले । त्यसबेला आफूले एक्लो महसुस गरेको र रातमा धेरै पटक रोएको रीता बताउँछिन् । विद्यालय गएर फर्किँदा बाटोमा धेरैले उनलाई ‘वकिल’, ‘नेता’ जस्ता उपनाम दिने काम गर्न थालेकोमा उनी चिन्तित बनिन् । अपराधीलाई कारवाही गराउने उनको प्रयासमा बाधक बनेे उनकै समाज र सामाजिक संघसंस्थाहरु । जसले बारम्बार उनलाई फकाउने र उजुरी फिर्ता लिन दबाब दिइरहे । उजुरी फिर्ता गराउन स्थानीय सामुदायिक वनको आयोजनामा गाउँ भेलासमेत बोलाइयो । वन रक्षक रहेका पीडक खतिवडालाई सामुदायिक वनको ठूलो सहयोग प्राप्त भैरहेको थियो । उक्त भेलामा रीता र पीडित भदैनीकी आमालाई मात्रै उपस्थित गराइयो । गाउँका गन्नेमान्ने, शिक्षक, वन समिति सदस्यहरु एकातर्फ लागेर गाउँको घटना लेनदेन गरी मिलाउनुपर्छ भन्दै दबाब दिए । तर, वाल क्लबमा काम गरेकी रीता पछि हटिनन् । अपराधीलाई सजाय दिलाएरै छाड्ने अठोटमा कायम रहिन् । त्यसपछि उपस्थित सबैले उनको परिवारलाई बहिष्कार गर्ने तथा गाउँ निकाला गर्ने कुरा गर्न थाले । आफ्नै गाउँ समाजबाट यस्तो खालको धम्की आएपछि रीताले न्याय पाउने आश मारिसकेकी थिइन् । जिल्ला बाल क्लब सञ्जाल सुनसरीमा दुई वर्ष उपाध्यक्ष रहेकी रीताको चिनजान मोरङका साथीहरुसँग पनि थियो । उनले घटनाको जानकारी मोरङमा बालबालिकाको क्षेत्रमा काम गरिरहेका केही साथीहरुलाई सुनाइन् । अस्मिता भट्टराई, प्रमिस राई, नविन राई, भीमराज अधिकारी, सुरेन्द्र घिमिरे लगायतले रीतालाई साथ दिए । यसबाट सिथिल बनिसकेकी रीताको मनोबल बढ्यो । परिवारमा रीता थिइन्, अनि उनको आशा साथीहरु । मोरङ बाल अधिकारकर्मीहरुको समूह उनको घरैमा पुगी परिवारलाई सान्त्वना प्रदान गर्‍यो । जसबाट परिवारलाई ठूलो हौसला मिल्यो । यस संघर्षमा सिविन र जिल्ला बाल कल्याण समितिको समेत साथ रह्यो । मुद्दा अदालतमा फैसलाको समय पर्खिरहेको थियो । पहिलो फैसला भाइको मुद्दामा आयो । दोषी कृष्ण धिमाललाई १० बर्षको जेल सजायँ अदालतले सुनायो । अग्निपरीक्षाको पहिलो खुटि्कलो पार गरेको र अझै अर्को झनै गाह्रो खुटि्कलो पार गर्न बाँकी रहेको रीता बताउँछिन् । भदैनीमाथि भएको दुर्व्यबहारको मुद्दा कमजोर बनाउन पीडक पक्षका केही मानिस सक्रिय रहेको उनी बताउँछिन् । उनका अनुसार बजार जाँदा घरपरिवारका सदस्यलाई र स्कुल जाँदा बालिकालाई फकाउने, धम्की दिने तथा पैसाको प्रलोभन देखाउने गरेर मुद्दा फितलो बनाउने कोसिस गरिरहेका छन् । तर, पनि रीता हतोत्साही बनेकी छैनन् । एउटा लामो संघर्षपछि यतिबेला रीता समाजका निम्न तथा मध्यम वर्गीय परिवारका लागि आशाको किरण बन्दै गरेको देख्न सकिन्छ । समाजमा भैरहेका अन्य हिंसाजन्य अपराधहरुका बिषयमा गाउँलेहरु रीतालाई सोध्न थालेका छन् । उनी अहिले आँपटार गाउँकी मार्गनिर्देशक बन्न पुगेकी छिन् । आगामी कार्तिक पहिलो हप्ता मुद्दा फैसला हुँदा बालिकाको वयानलाई अदालतले कसरी हेर्छ, रीता सुन्न लालायित छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Youth Raped 1
National/Online Media

0 Comments