Incident Reports

Two injured in the clash during relief distribution

2017-10-18

Madhes, Rautahat, Baudhimai

Flood survivor of Dohini Gohini municipality in Rautahat district has pelted stone to the Chief district officer and district chief police vehicle demanding relief material on Wednesday. The glass of the vehicle has been smashed while two police personnel were injured after the clash occurred between the locals and security personnel. Injured has been taken to hospital for further treatment. The executive officer went there for relief distribution to 218 flood survivor on Wednesday. Flood survivor took him under control claiming that he missed putting some of their names on the list of relief distribution. A police team reached the site immediately after they learned about the incident that the executive authorized has been taken under control by the locals. After that, a team of district chief officer and ward chairperson called for the meeting immediately and took the decision to distribute the relief to 218 flood survivors and recommend the missing name after the investigation. Locals started pelting the stones after the decision was made by the committee and the clash started. देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि बुधबार ढुंगा प्रहार गरेका छन् । स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका सो नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्ने क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एक जना जवान घाइते भएका छन्। गत साउनमा आएको बाढीबाट पीडित देवाही गोनाही–३ र ४ का २१८ जनालाई राहत वितरण गर्न बुधबार कार्यकारी अधिकृत नगरपालिकाको कार्यालय पुगेका थिए। सोही क्रममा स्थानीयले बाढीपीडितको सूचीमा आफूहरुको नाम छुुटाएको भन्दै कार्यकारी अधिकृत झालाई नियन्त्रणमा लिएका थिए। कार्यकारी अधिकृत झालाई स्थानीयले नियन्त्रणमा लिएको सूचना पाएलगत्तै जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ उद्धवबहादुुर थापा, प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, राष्ट्रिय अनुुसन्धान विभागका प्रहरी उपरीक्षक नवीनराज अधिकारी र देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल घटनास्थल पुुगेका थिए। देवाही गोनाही वडा नं ३ र ४ का स्थानीयको गुनासा सुनेपछि प्रजिअ थापासहितको टोली र सम्बन्धित वडाका वडाध्यक्षले तत्काल बैठक बसेर २१८ जनालाई राहत बाढने, छुुटेकाको पुनः छानबिन गरी सिफारिश गर्ने र गलत सिफारिश भएको देखिएमा दोषी ठहर हुुने सचिवलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेका थिए। बैठकमा भएको निर्णय सुुनाएर कार्यकारी अधिकृत झालाई उद्धार गर्न खोज्दा स्थानीयले आक्रोशित भएर रोकीराखेको गाडिमाथि ढुंगा प्रहार गरेपछि प्रहरी र स्थानीयबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो। झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र नेपाल प्रहरीका प्रहरी जवान घाइते भएका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिएका छन्। कार्यकारी अधिकृतको उद्धारपछि हाल त्यहाँको अवस्था सामान्य हुँदै गएको र दोषीको खोजी भइरहेको प्रहरी निरीक्षक झाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 2
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Mahottari

0 Comments