Incident Reports

Bus entrepreneiurs encircles sub-metropolitan

2017-10-18

Sudurpashchim, Kailali, Dhangadhi

Karnali River Transport and Malika Transport have encircled sub-metropolitan on Wednesday, demanding they should be allowed to use the transportation service being run by Dhangadi sub-metropolitan. One of the entrepreneurs Dhami said that Far-western Transportation Committee has been frequently getting the service while they are being prohibited from using the same. Karnali River Transport and Malika Transportation have been using the land for rent as a separate service entity by paying NRs 65000 per month. There are around 500 staffs working in Far-western transport and more than 250 working in Malika transport. धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित बस बिसौनी आफूहरूले प्रयोग गर्न पाउनुपर्ने माग गर्दै कर्णाली रिभर यातायात र मालिका यातायात सम्बद्ध व्यवसायीले बुधबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। धनगढी उपमहानगरपालिका–४ बेहंडीमा रहेको बस बिसौनी आफुहरुलाई प्रयोग गर्न नदिई सुदूरपश्चिम यातायात व्यवसायी समिति सम्बद्ध व्यवसायीले एकलौटी रुपमा प्रयोग गरेकाले विरोधस्वरुप उपमहानगरपालिका घेराउ गर्नु परेको कर्णाली रिभर यातायात सम्बद्ध व्यवसायी जनक धाँमीले बताए। “एउटा संस्था सुदूरपश्चिम यातायातले मात्र बस बिसौनीको प्रयोग गरिरहेको छ”–धाँमीले भने, “बस बिसौनीको प्रयोग सबै बस व्यवसायीले गर्न पाउनु पर्छ भन्ने माग हामीले राखेका छौँ।” गन्तव्यमा जाने सबै बस उपमहानगरको स्वामित्वको बस बिसौनीबाट छुट्ने व्यवस्था नभएसम्म आफूहरुको संघर्ष नरोकिने अर्का व्यवसायी दीलबहादुर खलौलाले बताए। मासिक रु ६५ हजारमा निजी व्यक्तिको जग्गामा भाडामा लिएर कर्णाली रिभर यातायात र मालिका यातायातले स्थापनाकालदेखि नै छुट्टै रुपमा बस बिसौनीको व्यवस्था गरेको छ। उपमहानगरको स्वामित्वको बस बिसौनीमा सुदूरपश्चिम यातायातले आफूहरुका बस राख्न नदिइ विवाद सिर्जना गर्ने गरेको कर्णाली रिभर यातायात व्यवसायीको आरोप छ। सुदूरपश्चिम यातायातमा ५०० र कर्णाली रिभर तथा मालिका यातायातमा २५० भन्दा बढी बस व्यवसायी आवद्ध रहेका छन्। बस बिसौनी उपमहानगरपालिकाले भाडामा दिँदै आएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments