Incident Reports

Dalits Seeking For Justice

2013-06-21

Bajura/ June 21 A group of four Dalits from Satedar in Jugada VDC-6 have been roaming in the district headquarters since one week in search of justice. The groups were beaten as they were on the way to the temple. Tule Lohar, Bir Bahadur BK, Dhana BK and his wife Krishna BK were beaten by the group of unidentified people near the jungle of Larlare of Pandusen while they were on the way to theTalikoti temple of Kolti VDC on June 14. The accused have not been arrested yet, however, the complaint against them was lodged at District Police Office, according to Bir Bahadur BK. The incident is under the investigation, police said. Arjun Shah बाजुरा । ०७० असार ७ गते पूजा गर्न हिँडेका जुगाडा-६ सटेडाका चार जना दलितलाई बीच बाटोमै कुटिएपछि एक सातादेखि सदरमुकाम मार्तडीमा न्याय खोजीमा भौँतारिइरहेका छन् । घरबाट जेठ ३१ गते कोल्टी गाविसको तलीकोटी मन्दिरमा पूजा गर्न जाँदै गरेका सटेगाउँका तुले लुहार, बीरबहादुर बिक, धन बिक र उनकी पत्नि कृष्णा बिकलाई पाण्डुसैनको लरलरेको जङ्गलमा अपरिचित युवाहरूको समूहले दलितहरूले पूजापाठ गर्ने भन्दै कुटपिट गरी घाइते बनाएको पीडितहरूले बताएका छन् । पीडकको खोजी गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिँदासमेत आरोपित गिरफ्तार नभएको बीरबहादुर बिकले बताए । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis