Incident Reports

कुटपिटमा परेका दलितहरू न्याय खोज्दै l

2013-06-21

Arjun Shah बाजुरा । ०७० असार ७ गते पूजा गर्न हिँडेका जुगाडा-६ सटेडाका चार जना दलितलाई बीच बाटोमै कुटिएपछि एक सातादेखि सदरमुकाम मार्तडीमा न्याय खोजीमा भौँतारिइरहेका छन् । घरबाट जेठ ३१ गते कोल्टी गाविसको तलीकोटी मन्दिरमा पूजा गर्न जाँदै गरेका सटेगाउँका तुले लुहार, बीरबहादुर बिक, धन बिक र उनकी पत्नि कृष्णा बिकलाई पाण्डुसैनको लरलरेको जङ्गलमा अपरिचित युवाहरूको समूहले दलितहरूले पूजापाठ गर्ने भन्दै कुटपिट गरी घाइते बनाएको पीडितहरूले बताएका छन् । पीडकको खोजी गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिँदासमेत आरोपित गिरफ्तार नभएको बीरबहादुर बिकले बताए । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis