Incident Reports

Students demonstrate in Damak against the killing of their classmate

2017-11-15

Province 1, Jhapa, Damak

Students have set out rally in Damak against the killing of their friend. 19-years-old Rajesh Malik was killed in Triveni Guest House on Wednesday. He was studying in the 12th standard. Students have demanded for action to be taken against the one involved in the killing. Students of Damak Multiple Campus jointly demonstrated with the school where Malik studied. Malik's body was found stabbed on his chest inside a room of Triveni Guest House. As Police hasn't been able to find out the one involved in the killing, students set out a rally demanding justice. Police have assured that this case is their first priority and the one one involved in killing will soon be found out. सहपाठी हत्याको विरोधमा बुधबार पनि विद्यार्थीहरुले यहाँ ऱ्याली प्रदर्शन गरेका छन् । स्थानीय त्रिवेणी गेस्ट हाउसमा शनिबार १९ वर्षीय राजेश मल्लिकको हत्या भएको थियो । स्थानीय हिमालय माविमा कक्षा १२ मा अध्ययनरत मल्लिकको हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरिरहेका छन् । बुधबार बिहान मल्लिक अध्ययनरत विद्यालय र दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका थिए । मल्लिक गेस्ट हाउसका व्यवस्थापक समेत थिए । शनिबार बेलुका गेस्ट हाउसको कोठाभित्र छातीमा छुरा घोपेर हत्या गरेको अवस्थामा मल्लिकको शव फेला परेको थियो । उनको हत्यामा संलग्नलाई प्रहरी प्रशासनले अझैसम्म पक्राउ गर्न नसकेको विरोधमा ऱ्याली निकालेको विद्यार्थीले बताए । ‘निर्ममतापूर्वक गरिएको हत्याका हत्याराले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन’ दमक क्याम्पसका स्ववियू सभापति विनोद चापागाईले भने,‘मल्लिकको हत्यारालाई कारबाही नभएसम्म हाम्रो खबरदारी जारी रहन्छ ।’ प्रहरीले भने अनुन्धान जारी रहेकोले केही दिनभित्रै हत्यारा पत्ता लाग्ने बताएका छन् । इलाका प्रहरीका प्रहरी नायव उपरिक्षक दीपक गिरीले एक/दुई दिनभित्रै हत्याराबारे आवश्यक जानकारी सार्वजनिक गर्ने बताए । ‘हामीले यो केशलाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौं । एक/दुई दिनभित्रै हत्यामा संलग्नबारे केही कुरा सार्वजनिक गर्छौ,’ डीएसपी गिरीले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments