Incident Reports

Maraganugaami: A woman dies mysteriuosly in Janakpur, her father -in-law and mother-in-law taken in custody

2017-11-24

Madhes, Dhanusha, Janakpur, Ward 2

(updated) 22-year-old Ranjana Sharma, wife of Ananda Mohan Sharma, resident of Janakpur sub metropolitan-2, was found dead in an enigmatic condition. Locals have accused Ranjana's father-in-law Dev Narayan Thakur and mother-in-law Sumitra Devi Thakur for doing so. She was bleeding from her mouth when her body was found. Her body has been sent to Janakpur Zonal Hospital for further investigation. According to her neighbor Manju Thakur, Ranjana was constantly being tortured by her in laws. She was married to Ananda Mohan last year along with the dowry of NRs 18 lakh. It is said that Ranjana gave 1000 Nrs to her father-in-law for buying a recharge card. However, he bought alcohol and then shut her mouth with a pillow under the influence of alcohol. It is also said that after killing her, his father-in-law went to the lawyer to discuss about it. However, Dev Narayan claimed that he wasn't home when the incident happened. Police have taken hold of the in laws for further investigation. जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ। जनकपुर उपमहानगरपालिका वडा नम्बर-२ का आनन्दमोहन शर्माकी २२ बर्षीय श्रीमती रन्जना शर्माको रहस्यमय मृत्यु भएको हो। स्थानीयबासिन्दाले रन्जनालाई उनकै सासुससुराले हत्या गरेको आरोप लगाएका छन्। घरमा सासु सुमित्रा सुमित्रादेवी ठाकुर र ससुरा देवनारायण ठाकुर मात्र बस्दै आएका थिए। मुखबाट रगत आएको अवस्थामा रन्जनाको शव ओछ्यानमा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले घटना हत्या वा आत्महत्या हो भन्ने बिषयमा केहि जनाएको छैन। रन्जनाको शवलाइ पोस्टमार्टमको लागि जनकपुर् अंचल अस्पताल लागिएको छ। रन्जनाको छिमेकी मंजु ठाकुरका अनुसार घरपरिवारले उनलाई पटक पटक यातना दिंदै आएका थिए। ०७३ असार महिनामा १८ लाख दाइजो लिएर आनन्दमोहन शर्माले लहानका रामनारायण ठकुरीकी छोरी रन्जनासंग सामाजिक परम्परा अनुसार विवाह गरेका थिए। विवाह भएको केहि महिनापछि नै रन्जनालाई परिवारका सदस्यले यातना दिंदै आएका थिए। शुक्रबार साँझ रन्जनाले ससुरा देवनारायणलाई रिचार्जको लागि एक हजार रुपैयाँ दिएकी थिइन्। तर ससुरा अनादमोहनले त्यो पैसाको मासु र मदिरा किनेर ल्याई खाएको र मदिराको मातमा हत्या गरेको स्थानीय बासिन्दाको आरोप छ। सिरानीले मुख थुनेर रन्जनाको हत्या गरेर ससुरा देवनारायणले घरको मुलढोकामा ताल्चा लगाई सरसल्लाहको लागि वकिलको घरमा पुगेको पनि छिमेकीले आरोप लगाएका छन्। ससुरा देवनारायणले भने आफू घरको दोश्रो तल्लामा भएकोले आफुलाई घटनाको बारेमा बिहान मात्र थहा भएको दाबी गरेका छन्। घटना अनुसन्धानका लागि प्रहरीले मृतकका सासुससुरालाई नियन्त्रणमा लिएको छ। update............................... एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका–२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा उनका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको हो। आइतबार जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले हत्यामा संलग्न रहेको अभियोगमा ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको हो। सोही घटनाको आरोपी मृतककी सासु सुमित्रादेवी शर्मालाई भने समान्य तारेखमा रिहा गरिएको छ। गत मंसिर ९ गते बिहान रञ्जनाको शव उनको सुत्ने कोठामा फेला परेको थियो। रञ्जनाको हत्या उनका सासुससुराले नै गरेको आरोप छिमेकीले लगाएपछि माइती पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो। mahila-hinsha मृतकलाई न्याय दिलाउन महिलाहरुद्धारा जनकपुरमा प्रर्दशन। तस्बिर: मनिका झा सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी रामनारायण शर्मा र प्रभादेवी शर्माले आफ्नो छोरीलाई पटक पटक सासुससुरा र श्रीमान आनन्दमोहन ठाकुरले दाइजोको माग गर्दै प्रताडना दिने गरेको बताएका थिए । त्यहीकारण हत्या गरेको भन्दै सासु ससुरा, जेठान अरबिन्दकुमार ठाकुर र उनकी श्रीमती रिंकु शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गरिएको थियो । घटना लगत्तै प्रहरीले रञ्जनाका ससुरा देवनारायण र सासु सुमित्रादेवीलाई पक्राउ गरेर कारवाही अघि बढाएको थियो। हत्या अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिए पनि अनुसन्धानका क्रममा सासु ससुराको मात्र संलग्नता रहेको खुलेको थियो । अन्य तीनजना निर्दोष देखिएकाले पक्राउ नगरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले बताए। जनकपुरको कृष्णा नर्सिङ ईन्स्टिच्युटमा तेश्रो वर्षमा नर्सिंङ पढ्दै गरेकी रञ्जनाको डेढ वर्षअघि १८ लाख दाइजो दिएर विवाह गरिएको थियो। बिहेको केही महिना नबित्दै उनका श्रीमान आनन्द मोहनलगायत घरपरिवारले रञ्जनामाथि विभिन्न लान्छना लगाइ दाइजोको मागसहित यातना दिँदै आएको छिमेकी बताउँछन्। पोखरास्थित वन विज्ञान अध्ययन केन्द्रमा कम्प्युटर अपरेटरमा कार्यरत श्रीमान आनन्दमोहनले समेत आफूलाई दु:ख दिने गरेको उनले छिमेकीलाई पटकपटक सुनाएकी थिइन्। श्रीमानसँग सम्बन्ध बिग्रेको देखेर ससुरा ठाकुरले रञ्जनालाई शारीरिक सम्बन्ध राख्न पटक–पटक मानसिक यातना दिँदै आएकोसमेत छिमेकीसँग उनले बताएकी थिइन्। तर समाजिक प्रतिष्ठाका कारण उक्त कुरा प्रहरीसमक्ष लग्न चाहेकी थिइनन्। यता, रञ्जना हत्याकाण्डमा संलग्न रहेकालाई कडा कारवाहीको माग गर्दै आइतबार माइतीपक्ष र छिमेकीले जनकपुरमा दबाब जुलुस प्रदर्श गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Siraha , Local Newspaper - Mahottari , National/Online Media

0 Comments