Incident Reports

Chainpur bazar closed over road construction dispute

2017-12-27

Sudurpashchim, Bajhang, Jaya Prithivi

Businessmen organized a demonstration and shut Chainpur bazar today, demanding road construction to start from zero point. Chainpur bazar was shut after the roadside shops were demolished randomly by bulldozer during the road construction. The businessmen chanted slogans demanding road construction to start from zero point and also management of basic necessities like electricity and water. चैनपुर बजारका व्यापारीहरुले शून्य बिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जुलुस सहित बजार बन्द गरेका छन । जयपृथ्वी नगरपालिकाले शुन्य बिन्दुबाट सडक निर्माण नगरी जथाभाबी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरुले आन्दोलित भएर नारा जूलुस सहित चैनपुर बजार बन्द गरेका हुन । आज चैनपुरका व्यापारीहरुले शुन्यबिन्दुबाट सडक निर्माण गर्न तथा विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरुको व्यवस्थापन गर भन्दै नारा जूलुस गरेका थिए । नगरपालिकाले मापदण्ड नबनाएर सिधै टिनका पसलहरुमा डोजर प्रयोग गरी चैनपुरका धेरै पसलहरुमा भत्काएपछि व्यापारीहरु आन्दोलित भएको स्थानिय व्यापारी नरेन्द्र खडकाले बताए । जयपृथ्वी नगरपालिकाको सडक फराकिलो पार्ने काम सरानिय भएको तर मापदण्ड बनाएर नगरपालिकाले शुन्य बिन्दुबाट कच्चि तथा पक्की घर सबै फालेर सडक फराकिलो पार्नुपर्ने उनको भनाइ छ । जयपृथ्वी नगरपालिकाले नगरलाई स्वच्छ, सुन्दर, हराभरा तथा सडक फराकिलो पार्ने कामको चैनपुरबासीहरुले स्वागत गरेका छन तर सडकमा परेका पक्की घर बचाउने र सडक भन्दा टाढा रहेका टिनका पसलहरु मात्र हटाउने कामको बिरोध गरेका हुन् । हालै भोट दिएर विजयी बनाएका जनप्रतिनिधीहरुले नै आफूहरुको गुजारा खोस्न लागेको चैनपुरका व्यापारी लोकेन्द्र खडकाले बताए । चैनपुरका व्यापारीहरुले आजै नगरपालिकालाई मापदण्डमा रहेर सडक निर्माण गराउन ज्ञानेन्द्र बहादुर सिंहको संयोजकत्वमा २१ सदस्यीय सङघर्ष समिति गठन गरेको छ । नगरपालिकाले यसरी सिधै डोजर प्रयोग गर्दा सानो लगानीमा व्यवसाय गरीरहेका व्यापारीहरु विस्थापित हुने भएका छन् । चैनपुर बजारमा नगरपालिकाले भनेअनुसार ७ मिटरको सडक निर्माण गरे चैनपुर बजारका झण्डै ५०/६० घर भत्काउनुपर्ने अवस्था रहेको छ । यता जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बजार अव्यवस्थित भएकाले बजारमा रहेका टिनका पसलहरुमा डोजर प्रयोग गरेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments