Incident Reports

Locals protest the proposed name of local unit

2017-12-27

Lumbini, Rolpa, Suwarnabati

There have been protests in Suvarnawoti and Sukidaha regarding naming of the local units. The local representatives affiliated to Nepali Congress expressed dissatisfaction regarding the proposal to name Suvarnawoti rural municipaltiy 'Sunil Smriti rural municipality'. They came to the streets against the proposed name of the local unit. पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम फेर्न गरिएको प्रस्तावको विपक्षीले विरोध गरेका छन् । स्थानीय तहको नाम र केन्द्र फेर्न ६ महिनाभित्र प्रस्ताव गर्न सकिने प्रावधानअनुसार जिल्लाका तीन वटा गाउँपालिकाले नाम र केन्द्र फेर्न प्रस्ताव गरेका हुन् । सुवर्णावती र सुकीदहमा भने विरोध भएको छ । सुवर्णावती गाउँपालिकाको नयाँ नाम‘सुनील स्मृति गाउँपालिका’राख्ने प्रस्तावपछि कांग्रेस समर्थित पदाधिकारीले असहमति जनाएका हुन् । उनीहरुले सडकमै उत्रेर विरोध सुरु गरे । नाम र केन्द्र फेर्न सकिने प्रस्तावको निर्णय गरिसक्नु पर्ने समय शुक्रबारसम्मको हो । सर्वसम्मत वा बहुमतको निर्णयका आधारमा स्थानीय तहले एक पटकसम्ममा नाम र केन्द्र फेर्न सकिने प्रस्ताव ६ महिनाभित्रमा गरिसक्ने प्रावधानअनुसार शुक्रबारसम्म ६ महिना पुग्दैछ । नाम र केन्द्र फेरिएको प्रस्तावबारे रोल्पाका दुई वटा गाउँपालिकामा चर्को विरोध भइरहेको छ । सुवर्णावती गाउँपालिका-४ का अध्यक्ष गञ्जबहादुर क्षत्रीले नाम नफेर्न गरिएको आग्रहलाई गाउँपालिका अध्यक्षसहितले लत्याइदिएपछि सडकसम्मै पुगेर विरोधका कार्यक्रम थालिएको बताए । माओवादी सशस्त्र द्वन्द्वमा मारिएका रोल्पाको गजुल निवासीपूर्व लडाकु कमाण्डर किमबहादुर थापाको स्मृतिमा गाउँपालिकाको नयाँ नाम ‘सुनील स्मृति गाउँपालिका’ राख्न प्रस्ताव गरिएपछि साताअघिदेखि सुवर्णावतीमा विरोधका कार्यक्रम भइरहेका छन् । विरोध स्वरुप जनप्रतिनिधि र सर्वसाधारणले र्‍याली, कोणसभा र लिखित असहमति जनाउँदै आएका छन् । गाउँपालिकाको नाम सुवर्णावती अर्थपूर्ण रहेको र फेर्नै पर्ने भएमा चतुर्भुज, लुङ्ग्रीमाडी वालिस्ने राख्न सकिने उनले सुझाए । गत असारमा भएको स्थानीय तह निर्वाचनमा सुवर्णावती गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्यमा माओवादीले जितेको थियो । अध्यक्ष गुणेन्द्र घर्तीमगरले विपक्षीले उठाएको जायज मागबारे सम्बोधन गर्न तयार रहेको बताए । उनले विरोध गर्न पाइने अधिकार सुरक्षित भए पनि बहुमतले गरेको निर्णयलाई पनि मान्नु पर्ने तर्क गरे । गाउँपालिकाका सबै ४४ सदस्यमध्ये १९ सदस्य कांग्रेसमा छन् । गाउँपालिकाको केन्द्र मिझिङ गाउँबाट सुलीचौर बजारमा फेर्न गरिएको प्रस्तावबारे भने विरोध भएको छैन । यस्तै पश्चिमी रोल्पाको सुकीदह गाउँपालिकाको नाम र केन्द्र फेर्न गरिएको प्रस्तावको समेत विरोध भएको छ । गाउँपालिकाको नयाँ नाम ‘गंगादेव’र केन्द्र सुकाओडारबाट साम्धारा सार्न प्रस्ताव गरिएपछि सर्वसाधारणले विरोध गरेका हुन् । गाउँपालिकाको फेरिएको नयाँ नाम सशस्त्र द्वन्द्वका क्रममा मारिएका माओवादी कार्यकर्ताद्वय गंगाकुमारी खत्री र देवबहादुर वलीको स्मृतिमा ‘गंगादेव’ राख्न अध्यक्ष वीरबहादुर खत्रीसहितले प्रस्ताव गरेका थिए । गंगाकुमारी गाउँपालिकाको अध्यक्ष खत्रीकी पत्नी थिइन् भने देवबहादुर १२ वर्षसम्म जेल बसेका पाखापानी निवासी हालका नेपाल कम्युनिस्ट पार्टीका नेता सुन्दरकुमार वलीका भाइ थिए । ती दुवै तत्कालीन राज्यपक्षका तर्फबाट मारिएका थिए । नाम फेर्न गरिएको प्रस्तावबारे देवबहादुरका दाइ सुन्दरले भने, ‘उनीहरुलाई सहिद घोषणा गराउन नसक्नेले स्थानीय तहमा सम्मान गरेजस्तो गरी नाम राख्न गरेको प्रयासलाई पूरै सकारात्मक रुपमा लिन सकिँदैन । यो विवादले उनीहरुलाई झन् विवादमा तान्ने काम भएको छ ।’ नाम र केन्द्र फेर्न गरिएको प्रस्तावको विरोधमा सुकीदहका २ र ३ नं वडा कार्यालयमा सर्वसाधारणले ताला लगाइदिएका छन् । एमाले नेता रोशन वलीको संयोजकत्वमा कांग्रेससहितका कार्यकर्ताले स्थानीय संघर्ष समिति समेत गठन गरेका छन् । जिल्लाको पश्चिमोत्तरमा पर्ने दुईखोली गाउँपालिकाको नयाँ ‘परिवर्तन गाउँपालिका’बनाउन प्रस्ताव पारित भए पनि स्थानीयले विरोध गरेका छैनन् । माओवादी सशस्त्र द्वन्द्वका क्रममा आन्तरिक विस्फोटनमा परेर मारिएका माओवादी लडाकुका एक कमाण्डर नेपबहादुर केसी ‘परिवर्तन’को स्मृतिमा उक्त गाउँपालिको नाम फेरिएको अध्यक्ष नीमकान्त डाँगीले बताए । उनले युद्धमा मारिएका र योगदान गरेका लडाकुको नाममा गाउँपालिकाको नयाँ नाम राख्न प्रस्ताव गरिएको बताए । स्थानीय तहले प्रस्ताव गरी पठाएको नाम मन्त्रिपरिषद्ले निर्णय गरी राजपत्रमा प्रकाशित भएपछि मात्रलागू हुनेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis