Incident Reports

Bigamous husband arrested

2018-01-01

Police have arrested 26-year-old Gopiya alias Ram Kumar Maliyah of Dakneshwori Municipality-8 and 25 years old Sanjeeta Devi Saafi of the same place on January 1 on charge of polygamy. Both the accused were arrested based on the complaint lodged by Sanjeeta Safi’s husband Santabir Saafi on January 1 according to inspector Sujata Tumbahamphe of DPO. Both the accused eloped from the village and got married second time. डाकनेश्वरी नपा-८ प्रवाहा टोलका २६ वर्षीया गोपिया भनिने रामकुमार मलाहा र सोही ठाउँकी २५ वर्षीया सञ्जितादेवी साफीलाई बहुविवाहको आरोपमा प्रहरीले पुस १७ गते गिरफ्तार गरेको छ । सञ्जिताका पति डाकनेश्वरी नपा-८ का सन्तवीर साफीले जिल्ला प्रहरी कार्यालयमा पुस १७ गते दिएको उजुरी दर्ता गर्दै आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर सुजाता तुम्बाहाम्फेले बताइन् । आरोपितहरू दुवै जना विवाहित भएपनि पुस १४ गते गाउँबाट भागेर बहुविवाह गरेको भन्दै सन्तवीर साफीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । आरोपित मलाहाको सामाजिक परम्पराअनुसार तिलाठी कोइलाडी गापा-४ की सुलेखादेवी मुखियासँग २०७२ सालमा विवाह भएको थियो । यसैगरी सामाजिक परम्पराअनुसार २०६९ सालमा आरोपित सञ्जिताको सन्तवीर साफीसँग विवाह भएको थियो । सञ्जितादेवी साफीको चार वर्षीया छोरी र साढे दुई वर्षीय छोरा छन् ।

0 Comments