Incident Reports

Locals padlocked Bhimsen Rural Municipality office

2018-01-04

Gandaki, Gorkha, Bhimsen

The locals of Bhimsen Rural Municipality-4, Baguwa have padlocked Bhimsen Rural Municipality office against the decision against shifting the center of Bhimsen Rural Municipality. The locals of Baguwa have padlocked the office of Rural Municipality and office of the administrative officer. Rural municipality chairperson Ishwor Pandey had made the decision to shift the center in Ghyampesal with majority of ward chairpersons without informing locals. गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा बिवाद हुँदा गाउँपालिकाको कार्यालयमा बिहीवार तालाबन्दी भएको छ । बगुवामा रहेको केन्द्र घ्याम्पेशाल सार्न लागिएको विरोध गर्दै बगुवाका स्थानीय र जनप्रतिनीधिले विरोध जनाउँदै आएका थिए । त्यस क्षेत्रका स्थानीयले गाउँपालिकाको कार्यालयमा विहीबार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन्। गाउँपालिका प्रमुख ईश्वर पाण्डेले केन्द्र सार्ने विषयमा लामो समयदेखि छलफल हुँदै आएको र केही सार्नुपर्छ भन्ने र केही सार्नुहुन्न भन्नेमा रहेको बताए। ‘केन्द्र सार्ने, नसार्ने भन्नेमा बहुमतले सार्नुपर्छ भनेपछि मैले सार्ने निर्णय पठाएको हुँ’ उनले भने ‘संविधान र कानुन भन्दा बाहिर गएर बहुमतले गरेको निर्णय मान्दिन भन्दै विरोध गर्नु जायज होइन ।’ गाउँपालिकाको कार्यालयमा लगाएको ताला प्रशासनले तत्काल खोल्ने उनले बताए । उपभोक्ताले योजना सम्झौता, गाउँपालिकाको काम सबै प्रभावित गरेर ताला लगाउने अधिकारी कसैलाई नभएको भन्दै उनले तत्काल नखोले जसरी पनि खुलाउने चेतावनी समेत दिएका छन् । उनले भने ‘संविधानलाई चुनाव लडेर जितेर आएपछि अझै पनि संवैधानीक प्रक्रिया नबुझ्ने, नमान्ने हो भने के अर्थ, कानुनले दिएको अधिकार अनुसार गाउँपालिका अगाडि बढ्छ ।’ गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को बगुवामा राख्ने या १ को मसेलमा भन्नेमा लामो समयदेखि विवाद छ । माओवादीबाट विजयी जनप्रतिनीधिले बगुवा राख्नुपर्छ भनेका छन् भने कांग्रेसबाट विजयीले घ्याम्पेशाल लैजानुपर्छ भनेका छन । कांग्रेसका २५ जना छन भने गाउँ कार्यपालिकामा माओवादीबाट बिजयी जनप्रतिनीधि १५ जना छन् । दुईदलबाट विजयी प्रतिनीधि दुईकित्तामा विभाजित हुँदा केन्द्र सार्ने विषय पेचिलो बनेको हो। बगुवाका स्थानीयले सार्न नहुने भन्दै बिरोध जनाएका छन् । स्थानीय प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरेर बगुवाका स्थानीय केन्द्र सार्न नहुने पक्षमा छन् । तीनै व्यक्तिले गाउँपालिकाको केन्द्र पुगेर तालाबन्दी गरेका एक कर्मचारीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis