Incident Reports

Gaumukhi locals staged protest against the change in rural municipality centre

2018-01-01

Lumbini, Pyuthan, Gaumukhi, Ward 5

Locals of Gaumukhi rural municipality-5 have been staging protest after the decision was made to move the centre from Tulibesi to Puja Liwash. Gaumukhi locals have called for an indefinite strike in the district since Monday demanding its centre to Thulibesi. गाउँपालिकाको केन्द्र परिवर्तनको विरुद्धमा गौमुखी गाउँपालिका–५ स्थित ठूलाबेसी बजारका स्थानीय आन्दोलनमा उत्रिएका छन् । गाउँसभाको बैठकले सोमबार ठूलाबेसीबाट केन्द्र परिवर्तन गरी वडा नम्बर ४ स्थित पूजा लिवासेमा सार्ने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका हुन् । लिवासेमा केन्द्र राख्ने गाउँसभाबाट बहुमत आएको छ । मतदान अनुसार गाउँपालिकाको हाल संचालन भएको कार्यालय ठूलाबेसी बजारमा २० र लिवासेका लागि १७ मत प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी गराए । उनका अनुसार ठूलाबेसी र लिवासे करिब डेढ किलोमिटर दुरीको अन्तरमा छन् । ‘बहुमतले जहाँ तोक्छ त्यही केन्द्र रहन्छ’,गिरीले भने,‘यसका विरुद्धमा उत्रिनु राम्रो होइन, ।’ विरोधमा उत्रिएका ठूलावेसीका स्थानीयले मंगलबार बिहानैदेखि यातायात, बजार र विद्यालय ठप्प पारेका छन् । गाउँपालिकाको कार्यालयमा ताला लगाइएको छ । साविकका अर्खा, रजवारा, पुजा, खुङ, लिवाङ(१–६) र नारीकोट गाविस गौमुखी गाउँपालिकामा समावेश भएका छन् । केन्द्र तोक्न अध्ययनका लागि खटिएको प्राविधिक टोलीले समेत ठूलावेसीलाई उपयूक्त स्थान छनौट गरेको स्थानीयले जनाएका छन् । आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्थानीय व्यवसायी जनक केसीले बताए । उनका अनुसार आक्रोशित स्थानीयले ठूलावेसी बजार नजिकै सडकमा रुख तेस्राएर सडक अवरुद्ध गरेका छन् । प्राविधिक टोलीले तोकेकै स्थानमा केन्द्र हुनुपर्ने स्थानीयको माग छ । ठूलावेसीमा बजार विस्तार भइसकेको छ । लिवासेमा हाल पूजा हेल्थोष्ट र प्रहरी चौकी मात्र संचालनमा रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Injured 00
National/Online Media

0 Comments

Related Trend Analysis