Incident Reports

Locals stage protest in Ilam

2018-01-05

Province 1, Ilam, Fakphokthum

Locals of ward number 2,6 and 7 of Phakphokthum rural municipality have started protest programs demanding Saptin the municipalities center instead of Aamchok. On Jan 5 they burnt effigies of the chairperson and vice chairperson. According to the struggle committee for determining Center, such decision was made without consultation with the locals. They also said that initially the rural municipal council had declared Saptin as the center but due to lack of enough infrastructure in the place,it was temporarily shifted to Aamchok. इलामको फाकफोकथुम गाउँपालिकाको केन्द्रका विषयमा स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकाका २, ६ र ७ नम्बर वडाका बासिन्दाले फाकफोकको साप्तिनलाई गाउँपालिकाको केन्द्र नबनाइ आमचोक कायम गरिएको भन्दैै आन्दोलन सुरु गरेका हुन् । केन्द्र कहाँ राख्ने भन्ने विषयमा छलफल नगरी जनप्रतिनिधीले आफू खुशी निर्णय गरेकाले आन्दोलन गर्नु परेको केन्द्र निर्धारण संर्घष समितिका संयोजक बम निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको केन्द्र साप्तिन हुनुपर्छ भन्ने हाम्रो माग हो । आमचोक केन्द्र बनाउँदा आधा भन्दा बढीलाई अपायक पर्ने भएकाले साप्तिन केन्द्र बनाउनुपर्छ भन्ने माग राखिएका हो ।’ पुस १३ गते सम्पन्न भएको गाउँसभाबाट स्थानीय तह पुनर्संरचना जिल्ला समितिले केन्द्र साप्तिन सिफारिस गरेर पठाइएको थियो । साप्तिनमा भौतिक संरचना तत्काल नभएकाले काम चलाउको लागि आमचोक केन्द्र तोकेर पठाइएको थियो । गाउँपालिकाका उपाध्यक्ष सरु राईले समस्या समाधान गर्न लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब तत्काल गाउँपालिकाको कार्यकारी बैठक बसेर फित्ताले नापेरै केन्द्र निर्धारण गरी समस्या समाधान गर्नेछौँ ।’ समितिले गाँउपालिकाको अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरु राईको पुत्ला दहन गरेर आन्दोलन सुरु गरेका हुन् । केन्द्रको विषयमा व्यापक छलफल नचलाएसम्म आन्दोलनको कार्यक्रमहरु निरन्तर अगाडि बढाइने संघर्ष समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis