Women in Tulsipur, Dang took to the streets with empty vessels to protest the government's decision to declare Rupandehi as Capital of Province 5.
According to a woman activist, in spite of Dang being accessible and sound with infrastructure, the government had forcefully decided Rupandehi to be the capital.
There has been general strike in Dang since 5 days.
सरकारले प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङका महिलाहरु रित्तो थालसहित सडकमा उत्रिएका छन् ।
पाँच दिनेदेखि बन्द दाङमा शनिबार पनि प्रर्दशनहरु भइरहेको छ । तुलसीपुरमा घरघरबाट सडकमा उत्रिएका महिलाहरुले हातमा थाल, डाढु ,चम्चा र भाडाँ लिएर नारावाजी गरेका थिए ।
उनीहरुले थाल छटाउँदै सरकारविरुद्ध नारावाजी गरेका थिए । महिला अधिकारकर्मी सुष्मा गिरीले प्रदेश ५ को राजधानी बनाउन भौगोलिक सुगमता, समारिक अवस्था र भौतिक पूर्वाधारका हिसावले दाङ उपर्युक्त हुँदाहुँदै सरकारले बलजफ्तीमा रुपन्देही घोषणा गरेको आरोप लगाइन ।
आन्दोलनकारीहरुले लमही नगर विकास समितिको निर्माणाधिन भवनमा संसद भवनको ब्यानर झुण्ड्याएका छन् ।
पाँच दिनदेखि जारी बन्दका कारण दाङ ठप्प छ । बन्दका कारण यातायात, व्यापार व्यवसाय, कलकारखान, शैक्षिक संस्था लगायत सम्पूर्ण क्षेत्र ठप्प हुँदा यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।