Incident Reports

Locals picketed police station demanding fair investigation

2018-01-20

Bagmati, Bhaktapur, Changunarayan

The locals have picketed the area police office in Bhaktapur demanded a fair investigation of the murder case and action against them. A local clay trader was found dead in the wee hours on January 17. The Metropolitan Police Range, Bhaktapur says 55-year-old Sitaram Sainju was found dead in local Brahmayani at around 5 am today. The body was prone when found. DSP Krishna Prasain says police arrested three persons in connection with the case after a preliminary investigation found that he was stoned to death. Police say a spat under the influence of alcohol might have led to the murder. The body has been sent to the Tribhuvan University Teaching Hospital for autopsy. Further investigation is underway. हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरी घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गर्दै आज महानगरीय प्रहरीवृत्त जगातीमा घेराउ गरिएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका– ९ ताँथली बस्ने ५५ वर्षीय सीताराम सैंजुको भक्तपुर नगरपालिका– ९ ब्रह्मायणीमा मंगलबार राति भएको हत्यामा संलग्न मुख्य दोषी फरार रहेको भन्दै मृतकका आफन्तले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । हत्यामा संलग्न रहेको अभियोगमा ओखलढुंगा सिस्नेरी– ८ घर भएकी ३० वर्षीया रीता राई र हत्याका प्रत्यक्षदर्शी काभ्रे देउपुर मण्डन घर भई ब्रह्मायणी मन्दिरमा बस्दै आएका ७० वर्षीय रामबाबु लामालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । प्रहरीले मुख्य दोषीलाई उम्काउन खोजेर मानसिक सन्तुलन ठीक नभएको महिलालाई दोषी बनाएर अनुसन्धानबाटै पन्छिन खोजेको मृतकका आफन्तले आरोप लगाएका छन् । प्रहरीपरिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले मदिरा सेवन गरेको सैंजुले मदिरा सेवन गरेकै राईलाई अभद्र व्यवहार गर्न खोजे पनि इँटाले टाउँकोमा हान्दा सैंजुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । धर्नामा बसेका मृतकका भाइ दयाराम सैंजुले सुनियोजितरुपमा दाजुको हत्या भएको बताए । उनले भने, “शव हेर्दै थाहा हुन्छ, विभत्स हत्या भएको छ, टाउकाको पछाडिबाट अगाडिसम्म प्वाल परेको छ, इँटाले हानेको नभई कुनै रडले टाउँको प्वाल पार्नेगरी हानेको छ, जीउभरि निलडाम छ, तर प्रहरीले घटनाको अनुसन्धान फितलो बनाउन खोज्दै छ ।” आफन्तले घटनाको निष्पक्ष छानबिन नभए कडा आन्दोलन गर्ने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments