Incident Reports

16 year rapes, kills and buries 8 year minor

2018-01-24

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 10

An eight year girl from Rupakot Majhugadi-10, Patheka was raped and later killed on January 24 by an accused 16 year, Jiudhan Rai. The minor’s body was found buried in the bank of Chimchima river. “Rai, who has been accused of the murder confessed of the rape and the killing and burial during interrogation,” DSP Lok Darshan Thapa of District Police Office, Khotang said. “Post-mortum report suggests that she was raped, killed and buried the same night,” Thapa said. खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको छ। स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। गत माघ १० गते मध्यान्ह हराएकी बालिकाको शव सोही राती बगरमा गाडिएको अवस्थामा फेला परेको थियो। आरोपितले सुरुमा खेल्नेक्रममा दुर्घटना भएको र मृत्यु भएको बयान दिए पनि अपराध ढाकछोपका लागि बालिकाको शव बगरमा गाडेको खुलेको प्रहरीले जनाएको छ। ‘सुरुमा जीउनधनले पांग्रा भएको खेलौनामा बालिकालाई गुडाउनेक्रममा ठोक्किएर मृत्यु भएको बयान दिएका थिए,’ डिएसपी थापाले भने, ‘उसको बयान, घटनाको प्रकृति र शव परीक्षणबाट जबरजस्ती करणी गरेको पुष्टी भएको छ।’ प्रहरीका अनुसार घटना प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र आरोपितले जबरजस्ती बलात्कार गरेर हत्या गरेको स्वीकारेका हुन्। घटना लगत्तै पक्राउ परेका जीउधन विरुद्ध हाड नाता करणी र कर्तव्य ज्यान सम्बन्धी महल अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Jhapa

0 Comments