Incident Reports

Administrative officer manhandled

2018-01-24

Bagmati, Sindhupalchok, Sunkoshi

Sunkoshi rural municipality Chairperson Shrawankumar GC manhandled his own administrative officer Pramod Timilsena on Tuesday for refusing to pay the bill for the completion of the project that was already passed. The rural municipality council had passed the budget of 7 lakhs rupees to prepare Sunkoshi Rural Municipality profile. But administrative officer Pramod Timilsena refused to pay the bill before work. Timilsena left the office and went to local development ministry after the incident. काम सम्पन्न नभएको योजनाको भुक्तानी गर्न नमानेपछि गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । सुनकोशी गाउँपालिकाको प्रमुख श्रवणकुमार जिसीले प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनालाई मंगलबार दिउँसो उनकै कार्यकक्षमा हातपात गरेका थिए । गाउँपालिकाको भिलेज प्रोफाइल निर्माणका लागि यसअघि गाउँकार्यपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भिलेज प्रोफाइल नै निर्माण नभइ गाउँपालिका अध्यक्ष जिसीले ७ लाखको चेक काट्नु भनेपछि अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो । ‘मैले नियम विपरीत काम गर्दिन भनेँ, अध्यक्षज्यूले गर्नुपर्छ भनेर भन्नुभयो, मैले नमान्दा ममाथि दुर्व्यवहार भयो’ प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले भने । अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएपछि अरु कर्मचारीलाई अध्यक्षले कोठा बाहिर निस्कन भनेका थिए । कर्मचारीलाई निकालेर उनले अधिकृतमाथि कुटपिट गरेको बताइएको छ । घटनालगत्तै गाउँपालिकामा बस्न नसक्ने भन्दै तिमिल्सिना स्थानीय विकास मन्त्रालय गएका छन् । फोनमा उनले आफूमाथि चरम दुर्व्यवहार भएको बताए । उनले स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासनमा रहेका आनन्द ढकाललाई घटनाको बारेमा सबै जानकारी गराएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भने लिखित रुपमा घटना दर्ता गर्न आफूले भनेको जानकारी दिए । सुनकोशी गाउँपालिकाले यसअघि आफ्नो गाउँपालिका भित्रका सबै विद्यालय व्यवस्थापन समिति समेत विघटन गरेको थियो । यसमा समेत प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले असहमति जनाएका थिए । तिमिल्सिना पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् । घटनाबारे गाउापालिकाका अध्यक्ष जिसीसाग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Issues related to corruption (other than tenders)
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments