Incident Reports

Ujyaalo: Complained lodged against mother-in-law

2018-01-20

Karnali, Dailekh, Gurans, Ward 6

Daughter-in-law lodged a complained against her mother-in-law on a charge of domestic violence. 38-year-old Sushila Basnet of Gurash rural municipality-6 has physically assaulted her daughter-in-law aged 19. She attacked her daughter-in-law with a burning wooden plank over a family dispute on January 20. दैलेखको गुराँस गाउँपालिका–६ पिलाडी गाउँमा घरायसी कुरामा विवाद हुँदा सासुले बुहारीको मुखमा आगोको अगुल्टो कोच्याइदिएकी छिन् । एक वर्ष अघि विवाह गरेकी १९ वर्षीया शान्ति बस्नेतलाई उहाँकी सासु ३८ वर्षीया सुशीला बस्नेतले घरायसी कुरामा विवाद भइरहेको बेला ‘बुहारी भएर पनि प्रतिवाद गरेकी’ भन्दै माघ ६ गते साँझ घरकै चुल्होमा आगो बल्दै गरेको अगुल्टो मुखमा कोच्याएको पीडित शान्तिले बताउनुभयो । विवाह भए लगतै बालविवाहको मुद्दा लाग्छ भन्ने सुनेर शान्तिको श्रीमान् २१ वर्षीय रोशन बस्नेत शान्तिलाई घरमै छोडेर भारत गएका र ११ दिन अघि मात्र घर आएपछि विवाद भएको बताइएको छ । रोशनले ‘बालविवाह लाग्छ भनेर बाहना मात्र बनाएको हुँ, तँ पोइल गइसक्नु पर्ने किन बसेको ?’ भन्दै कुटपिट गरेको घटनापछि सासुले यस्तो दुव्र्यवहार गरेकी हुन् । ‘घरमै बस्नु भनेर गएकाले माइती समेत नगएर घरकै खेतीधन्दा सघाएँ, अहिले जा भनेर किन जानू ? काहीँ जान्न भनेर श्रीमान्सँग प्रतिवाद गरेर सासुलाई छोरालाई सम्झाउनुस्’ भन्दा उल्टै सासुले चुल्होमा बल्दै गरेको अगुल्टो झोसेको शान्तिले बताउनुभयाे । यस घटना बारे आरोपित पक्षलाई झिकाई कारवाही गरिदिन शान्तिले जिल्ला प्रहरी कार्यालय दैलेखमा शुक्रबार उजूरी दिनुभएको छ । महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज असई बिष्णुदेबी गैरेले मान्छे झिकाउने मातहतको प्रहरी चौकीलाई भनिसकिएको जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments