Incident Reports

Service seekers padlocked the office in Dailekh

2018-01-26

Karnali, Dailekh, Gurans

Service seeker in Gurash rural municipality in Dailekh has padlocked the office accusing them of not giving quality service. Dipak Khatri one of the service seekers said that the employee at the account section do not response them nicely and take ages to do one work. They have to visit 2 to 3 days regularly for one work. So they have padlocked the office. सेवाग्राहीलाई गुणस्तरीय सेवा नदिएको भन्दै दैलेखको गुराँस गाउँपालिकामा सेवाग्राहीले तालाबन्दी गरेका छन् । गाउँपालिकाका कर्मचारीहरुले सेवाग्राहीहरुलाई मर्का पारेको, काममा ढिलासुस्ती गरेको भन्दै वडा नम्बर ३ पातिकाल्नाका दीपक खत्रीको अगुवाइमा तालाबन्दी गरिएको हो । ‘लेखाको कामको लागि आउने सेवाग्राहीलाई लेखापालले झुलाउने गरेका छन्, कार्यालय समयभित्र भेटिदैनन्’ खत्रीले भने,’ अन्य शाखामा जादा पनि कर्मचारीहरुको ढिलासुस्ती त्यस्तै छ, सेवा लिन आउने सेवाग्राही २/३ दिन बस्नुपर्छ, अनि हामीले पहिलो चेतावनी स्वरुप लेखा शाखामा तालाबन्दी गरेका हौं ।’ खत्रीले अब पनि कर्मचारीहरुले कार्यसम्पादन राम्रोसँग नगरे अर्को विकल्प सोचिने बताए । उनले गुराँसका कर्मचारीहरु मनोमानी ढङ्गले हिड्ने गरेको भन्दै सेवाग्राहीको चित्त बुझ्दो कार्यसम्पादन हुने अवस्था नभएसम्म तालाबन्दी यथावत रहने बताए । यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले आफूहरुले जनताको काम सहज ढङ्गले सम्पादन गरेको भन्दै गलत आरोप लगाइएको बताएका छन् । लेखापाल चन्द्रबहादुर मल्ललाई कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम ट्रान्सफर गर्न पठाएको भन्दै मल्लले प्रश्न गरे, ‘मैले कर्मचारी व्यवस्थापनको काम राम्रोसँग गरेको छु, लेखापाललाई काममा पठाउदा किन तालाबन्दी गरियो ? ‘ सेवाग्राहीहरुलाई आफूहरुले सही ढङ्गले सेवा दिइरहेको भन्दै कुन सेवाग्राहीलाई पनि असुन्तष्ट नगराएको दावी गरे । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने आफू तालिमको लागि बाहिर गएको भन्दै यसको बारेमा बुझेर जानकारी दिए बताए । ‘म तालिमको लागि बाहिर गएको छु, म केही दिनमा गाउँपालिकामा जान्छु खास के कुरा हो ? बुझेर जवाफ दिउला ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments